अमर सरोवर,

आओ प्रिय ! सपनीमा, आई मलाई सताउने गर
बदलिन सक्छु जुनै वेला, मनमा अभाव जगाउने गर

बादलहरु उडी हिड्ने फराकिलो आकाशमा,
वसन्तको शीतल अनि चंचल चंचल बतासमा,
सम्झना मेरो नआए पनि यादहरु पठाउने गर
बदलिन सक्छु जुनै वेला, मनमा अभाव जगाउने गर

माया भन्ने चिजै यस्तो छाम्दाखेरि भेटिदैन,
आँखैभरी भरी हुन्छ तर आँखाले नै देखिदैन,
नदेखे पनि त्यो मायाको आभास सधैं दिलाउने गर
बदलिन सक्छु जुनै वेला, मनमा अभाव जगाउने गर

आओ प्रिय !…