माघ ११, २०७२- फेसबुक स्वामित्वको मोबाइल म्यासेजिङ ह्वाट्सएपले आफूले सेवामा लगाउँदै आएको वार्षिक १ डलर शुल्क हटाउने घोषणा गरेको छ ।

ह्वाट्सएपले यो शुल्क चाँडै हटाउने घोषणा गरे पनि यो वर्षका लागि यसअघि रकम तिरेका प्रयोगकर्ताले फिर्ता पाउने छैनन् । एपमा विज्ञापन नराख्ने भन्दै कम्पनीले प्रयोगकर्तासँग वार्षिक १ डलर लिने योजना बनाएको थियो । तर, प्रयोगकर्ताले यो नियमलाई नरुचाएपछि उसले हटाउन लागेको हो । प्रयोगकर्तामाझ लोकप्रिय एप ह्वाट्सएपलाई फेसबुकले केही वर्षअघि किनेर आफ्नो स्वामित्वमा राखेको हो ।

संख्याको हिसाबले यो संसारको सबैभन्दा बढी प्रयोगकर्ता भएको मोबाइल एप हो । मोबाइल डाटाबाट एप चलाउँदा सस्तो पर्ने भएकाले प्रयोगकर्तामाझ ह्वाट्सएप लोकप्रिय बनेको हो ।