चैत्र ६, २०७२- पाँचदिने नेपाल भ्रमणको लागि शनिबार काठमाडाैं अाइपुगेका बेलायती राजकुमार ह्यारीले साँझ प्रधानमन्त्री केपीशर्मा अोलीसँग भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुर्इबीच करिब अाधा घण्टा भेटवार्ता भएको हो ।

साँझ ५ बजेर ५५ मिनेटमा बालुवाटार छिरेका राजकुमार ह्यारी करिब अाधा घण्टा त्यहाँ बिताएर निस्केका थिए ।उनी कतार एयरवेजको विमानबाट शनिबार अपरान्ह त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

ह्यारीले नेपाल बसाईको क्रममा पोखरा, बर्दियालगायत स्थानको भ्रमण गर्नेछन् भने विभिन्न पुरातात्विक सम्पदाहरुको समेत अवलोकन गर्नेछन् ।

उनको टोलीमा ३५ सदस्य छन् । बिमानस्थलबाट उनी आराम गर्नको लागि उनी द्वारिका होटल पुगेका छन् । केही बेर आराम गरेर उनी बास बस्नको लागि काठमाडौंस्थित वेलायती राजदुतावासमा पुग्नेछन् ।