चैत्र ८, २०७२- अमेरिकाका राष्ट्रपति बाराक तीन दिने औपचारिक भ्रमणका लागि क्युबा पुगेका छन् ।
क्युबामा सन् १९५९ मा भएको क्रान्तीपछि त्यहाा पुग्ने उनी पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन् । हवानास्थित अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो भ्रमण ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।

ओबामाले क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोलाई भेट्ने छन् । उनले राजनीतिबाट अवकाश लिएका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई भने भेट्ने छैनन् । राउल क्यास्ट्रोसँग र ओबामाबीच नयाँ राजनीतिक आयाम र आर्थिक विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

एयर फोर्स वानमा सवार भएर क्युबा पुगेका राष्ट्रपतिको साथमा प्रथम महिला मिचेल ओबामा, छोरीहरु सासा र मालिया पनि छन् । राष्ट्रपति ओबामालाई क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले स्वागत गरेका थिए । उनीहरुले क्युबाको पुरानो सहर हवानाको अवलोकन भ्रमण गरेका छन् ।
OBAMA