नेपाली भाषी भूटानी युवा गीतकार राकेश काफ्लेका एकल शब्द/रचना तथा नव गायक प्रयास रसाइलीको एकल आवाजमा विभिन्न भावमा संगृहित “प्रतिक्षा”गीत तथा गजलहरूको संगालो एल्बम चाँडै बजारमा आउने जानकारी प्राप्त भएको छ । उक्त संकलनमा एक श्रृंगारिक गजल र पाँच समसामयिक आधुनिक गीतहरू रहेको गीतकार राकेश काफ्लेले बताउनु भयो । “डँम्फू बजारमा..” नामक गीतको संगीत संयोजन बरिष्ठ संगीतकार बसन्त सापकोटाले गरेका छन् भने “सिसा सरी मुटु फूट्यो” गीतमा गायक तथा संगीतकार फुर्ब घिसिडले संगीत भरेका छन् । “मध्य रातमा हिड्यौ तिमी” गजलमा गायक तथा संगीतकार गोविन्द फुयालले संगीत भरेका छन । “नआउ लिइ सन्देश उसको” गीतमा संगीतकार राजु कार्कीले संगीत भरेका छन्। “भो रोकिदेउ हाँसो” र “निधारमा टिकी गलामा पोते”नामका दुबै गीतहरूमा गायक तथा संगीतकार सि.डि बिजय अधिकारीको साँगीतिक संयोजन रहेको गीतकार राकेश काफ्लेले बताउनु भयो । सधै युवा प्रतिभाहरूलाई अगाडी ल्याउने क्रममा, यसपल्ट भने युवा सुमधुर स्वारका धनी नवा गायक प्रयास रसाईलीलाई यस एल्वम मार्फत डेबू गराउदै छन् गीतकार काफ्ले । काफ्ले भन्छन्,” बल्न कोसीस वा बली उज्यालो छर्न सक्ने क्षमता भएका दियो बाल्ने मेरो इच्छ र प्रयास सधा रहनेछ, त्यसैको निरन्तरता हो “प्रतिक्षा” पनि ।” गीतकार काफ्ले थप्छन्,” नवा युवा गायक प्रयास रसाईली एक नक्षत्र भई नेपाली सांगितिक

Pratikshya-Recovered

आकाशमा सादा चम्किने छन् यस एल्बममार्फत, यो मेरो विश्वास हो।” यही एल्बम प्रकाशन विषयको एक प्रसंगमा भूटानी साहित्यकार पुरानाघरेले भने, “शरणार्थीका रूपमा तेस्रो देश पुगेका युवाहरूले निजिरूपमा चाैतर्फी बिकाश गरिरहेका छन । भूटानीहरूको साहित्य, संगीत, र समाज जता पनि माहोल मर्दैछ दिन दिनै तर पनि निजिरूपमा अत्यान्त धेरै प्रतिभाहरू आइरहेका छन । त्यसो भएको हुनाले भविष्यमा डायसपोरामा रहेका भूटानीहरूको साहित्य, संगीत र समाजमा प्रतिनिधि माहोल निर्माण हुने विषयमा म आसावादी छु । ” त्यसो त सन १९८०को दशकमा भूटानको तानाशाही रातन्त्रले नेपाली मूलका नागरिक विरूद्धमा अख्तियार गरेको जातिय सफाय नीतिको सिकाएर भएर सन १९८८देखि १९९३ सालसम्म भूटानमबाट लखेटिएका नेपाली मूलका भूटानी नागरिकहरूले नेपालका पुर्वी झापा र मोरङका सात शरणार्थी शिबिरहरूमा २० वर्षसम्म घरदेश जाने सपनामा सुनाैलो भाग्यको कल्पना संगाल्दा पनि केही सिपार नलागेपछि नेपालमा रहेका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनरबास गरार्इएपछि शरणार्थीहरूले विभिन्न क्षेत्रमा चमत्कार नै देखाएको विज्ञहरू बताउँछन । कला क्षेत्रमा सानैदेखि मेधावी प्रमाणित युवा राकेश काफ्ले पुनरबास कार्यक्रमपछि बहुप्रतिभावान स्थापित भएका छन त्यसो त क्षमता र विद्वता हुँदा हुँदै पनि शरणार्थी शिविरमा कैद भएका शरणार्थी युवाहरू पुनरबास कार्यक्रमसँगसँगै संसारका विभिन्न कुनामा डायसोरा नामको भूटान लिएर भूगोलभरि उभिइरहेका पाइन्छन । CDM Music Creation ले बजारमा ल्याउन लागेको “प्रतिक्षा” ले गीतकार काफ्लेको “तुलसी मन्जरी”लेझैं चर्चा बोटुल्छ-बोटुल्दैन त्यो भने हेर्न बाँकी नै छ । गीतकार काफ्ले र नवा गायक प्रयास रसाईलीलाई हाम्रो पनि अग्रिम शुभकामना।