• गङ्गाहाङ् चोङ्बाङ्,सिक्किम

अखिल सिक्किम लिम्बू तामाङ जनजाति संयुक्त कारबाही समितिको अडान समग्र सिक्किमको निर्वाचन क्षेत्रको आधारमा छ। राज्यको विधानसभा कारबाही 17 बाट मात्र चल्न सक्दैन अनि 15 को अलग्गै विधानसभा कारबाही हुँदैन । सिक्किमको विधानसभा कारबाही हुनको निम्ति कुल 32 वटा सिट आरक्षणबाट हुने गर्छ। त्यसैले हामीले समुहिकरुपमा 32 को अडान लिएको हो। प्यारा दाज्यु भाई दिदीबहिनी हो हामीलाई शुरुमा अलमलाउने काम सरकार र तिनका मन्त्री RB Subba ले 17 बाट माग राख्नु पर्छ भनेर लिम्बू तामाङको डाँर भचाउने षड्यन्त्र रच्यो। जनसंख्याको आधारमा अन्य जाती र लिम्बू तामाङ जातीको तुलनामा अन्य जातीको संख्या आकाश हो भने लिम्बू तामाङको संख्या धुलो बराबर हो हामी आफै मासिन्ने पक्षमा अडान लियो भने भोलि दस हजार मात्र जनसंख्या रहेको मुखिया सुनुवारले पनि हामीलाई आक्रमण गर्छ। त्यसै कारण हामीले 32 को अडान लिनुमा ठूलो बुद्धिमानीता छ । हामीले पानीको माथिको ओभानो भोटिया लेप्चालाई राख्न सकिन्दैन। किनकि कुनै समय भारतको संविधान अनुसार 371 (F) हिस्सा चोङ अथवा लिम्बू पनि थियो तर ठूलो राजनैतिक षड्यन्त्रको कारणमा चोङ सिट सदाको निम्ति हाम्रो हातबाट गयो त्यसबेला किन राज्यका BL समुदाय चुप बस्यो। यसको मतलब आफ्नै दाजुभाइ आर्थत भोटिया लेप्चा पनि हामी संग इमानदारीता थिएन । राजाको सम्झौता अनुसार भोटिया लेप्चा र लिम्बूलाई छुट्टै तरिकाले अधिकार दिलाएको थियो जुनबेला सिक्किम भारतमा विलय हुँदा। जब 371 (एफ) भित्रको एउटा भाग चोङ अथवा लिम्बू हराउँदा 371 (एफ) नउड्ने अब यो बाह्र र तेह्रको कुरामा 371 (एफ) जाने के हो यो बुझ्ने कोशिश गर्नुहोस बुद्धिजीवी साथी हो। त्यसैले JAC को अडान 32 मा रहेको हो। यो 17 र 12 भन्नेले हामीलाई अल्मलाउनु मात्र खोजेको हो तर मलाई पूरा विश्वास छ हामी यसपटक भने आफ्नो अडानबाट एकरत्ती पनि अलमलिन्ने छैनौं अनि हामीलाई अलमलाउन खोज्नेहरूलाई दोहोरो खबरदारीको चुनौती दिनु सक्नुपर्छ । जय लिम्बू तामाङ । जय जनजाति जय सिक्किम ।।।

sikkim