• टंक सम्बाहाम्फे

यसपाली अमुर्ताबोधि दर्शनशास्त्री खगेन्द्र पन्धाक लिम्बुसंग भेटेर मैले निक्कै रमाईलो अनुभूति गरे । एकछिन रमाईलो गफ गरियो तर यथार्थ त्यो थिएन । देशको परिस्थितिले थिचेको थियो । केहि सल्लाह गरौ भन्दा नया भेटले त्यो हुन् सकेन । अबका दिनमा केहि सहकार्य गर्न जरुरी म देखि रहेको छु । नेपालमा चरम कर्मचारीमा घुषखोरी छ सरकार कालाबजारी छ जनता यता न उताका छन । भका जनता चम्चागिरी छन् । एकले अर्काको कुरा काट्ने देखि लिएर खुट्टा तान्नेसम्म छन् । काठमाडौका मेरो छिमेकी हरु संग प्राय म बोल्दिन । भूकम्पको कारणले हाम्रो शत्रुता बढेको छ । अर्कोतिर म आदिबासी जनजाति मेरो छिमेकी ब्राम्हणहरु छन । उनीहरुले मलाई मिलेर बसौ होइन लखेट्न खोज्छन । म गाउमा पनि त्यहि संस्कारबाट हुर्केको मान्छे हु । त्यसैले उनीहरुसंग कसरी डगेको हु त्यो मलाई पुरै थाहा छ । उनीहरुले यो शिक्षा नदिएको भए म यो स्थानमा आईपुग्ने थिईन होला । तर उनीहरुले पाठ सिकाए र जाने । अनि म यहा आईपुगे । यस्तो कुरा हरेक आदिबासी जनजातिले सिक्न जरुरी छ । तर सिक्न चाहदैनन् । भागेर बाच्न चाहन्छन । म पनि विदेश हंगकंग बसेकोले पलायन भएको देखिन्छ । तर म भागेको भने पक्कै होइन आधा समय म नेपालको लागि खर्चिंछु । खर्चिरहेको छु । किनभने मैले बाच्नको लागि नेपालमा जागिर पाउदिन मेरो अनुहारले गर्दा । तर म संग प्रमाण पत्र छ जागिर खानको लागि । त्यो टाटो मात्र हो मेरो लागि अहिले । देश संघियतामा गयो भन्छन दलहरु नेताहरु जनताहरु तर एकतन्त्रीय शासन चलेको सबैले देखि रहेका छौ । सबै नेताहरु आफ्नो सिट वा स्थान सुरक्षित गर्न प्रयास गरिरहेका छन् भोलि उछिट्टिन नपरोस भनेर । अहिले हंगकंग बस्नु मेरो बाध्यता जस्तो बनेको छ । तर पनि म जस्तालाई नेपाल नै गएर संघर्ष गर्नु पर्छ भन्ने पाठ सिकाउन खोजिरहेको छु । मिडिया मात्र नभएर अनेक क्षेत्रमा ओझेल पार्न खोजिन्छ । खोजिएको छ मात्र होइन ओझेलमा पारिएको छ । त्यस्तो बलियो शुत्र हामी आफैले निर्माण गर्न सके आफ्नो शत्रुहरुलाई खुट्टामा झुकाउन सकिन्छ । हामी हाम्रो र देशको शत्रु बिदेशीहरु हुदै होईनन । हाम्रै छिमेकी र देशकै मान्छेहरु हुन् । गरिखाओस भनेर विदेश पलायन भईयो भने निश्चय उसले मनोमानी गर्छ नै । अहिले ति जातिहरुले त्यसरी नै मनोमानी गरिरहेका छ । हामीलाई आरक्षण वा संरक्षणको नाममा भेदभाव गरिएको छ । जानीजानी टाउको कुल्चेका छन् । तर हामी भने कसरी हुन्छ विदेशतिर पलायन हुन् खोज्छु कति भएका छौ ।विदेश पुगेर आर्थिक स्तरउन्नति गरेता पनि उनीहरु बिदेशै बसेका छन् । उनिहरु स्वदेश फिर्न चाहदैनन् । त्यो नै हाम्रो सबै भन्दा खराब बिचार हो । जसलाई देशको माया छैन उनीहरु कहिल्यै देश फिर्दैनन । भतुवा लागेको कुकुर मालिकले राम्रो राम्रो खानेकुरा दिए पनि आखिर उसलाई भतुवा कुकुर हो भन्छ नै सोच्छ नै । हामी भने उही देशको नागरीक बने भनेर गर्वले फ़ुल्छौ । तर त्यहि देशको स्थानीयले तपाईलाई त्यो देशको नागरिकको दर्जामा तपाईसंग नागरिक प्रमाण पत्र भए पनि हेर्दैन । तपाई त्यो देशको मानिसको आखामा बिदेशी नै हो । विश्वको जुनसुकै देशको नागरिकता लिनुहोस् तपाई नेपाली नै हो । कसैले ब्रिटेनी जर्मनी आईरिस भन्दै भन्दैन ।
यस्ता अनेक कुरा थाहा पाएर पनि हामी आदिबासी जनजातिमा चेतनास्तर कम भएको मैले महसुस गरिरहेको छु । देशमा लडेर जुदर बस्नु पर्छ भन्ने लाग्दैन । गरोस खाओस भन्ने नीतिले गर्दा हामी गुज्रेका छौ । हामीले देशमा हाम्रो जातिलाई कसरी उच्चस्थानमा पुर्याउनु पर्छ भन्ने सोच्दैनौ । सोचाई भिन्नताले हामी गुज्रेका छौ । सानो कुरा हेर्न जान्दैनौ एकैचोटी हामीलाई ठूलै भाग वा स्थान चाहिन्छ । अरुले ओगटी रहको स्थान कसले ला भनेर दिन्छ होला र ? त्यसको लागि त्याग तपस्या र संघर्ष चाहियो नि । तर त्यस्तो हामी गर्न खोज्दैनौ । हामी सजिलै त्यस्तो कुरा सजिलै प्राप्त गर्न खोज्छौ । तर हाम्रा देशका कर्मचारी र शासकहरुले हामीलाई त्यसो गर्न दिदैनन । कानुनमा हामीलाई बाहिर पारेका छन् । दफ्फा दफ्फामा हामी अनागरिक भएका छौ । के तपाईले नया संबिधान केलाएर हेर्नु भएको छ । कुन नम्बरको धाराले तपाईलाई संरक्षण गरेको छ । बाहिर हल्ला गरेर कहा हुन्छ ? उता ४ जना बसेर बनाएको नियमावलीले तपाईको स्थान पाखा बनाई दिएको छ । अध्यायनको कमिकमजोरीले पनि हामी गुज्रेका छौ ।बिरोधको अभावले त्यस्तो नीतिनियमहरु पारित भएका हुन् । किनकी गर्न सक्ने र जान्ने सबै विदेशतिर पलायन भएपछी नेपालमा भएका आदिबासी जनजातिहरु अल्पमतमा परेका छन् । अर्कोतिर जानीजानी र मनोमानी पनि त्यसो गरिएका छन् । उदाहरणको रुपमा यो कुरा पेश गर्न चाहन्छु । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संबिधान लेखन कार्यमा आफ्नी आमाले गाईलाई राष्ट्रिय जनावारमा अंकित गर्नु भनेर दिनहु भन्दा उनले राष्टिय जनावारमा गाईलाई राखेका हुन् रे । जुन कुरा एक पत्रिकाको अन्तरबार्तामा भनेका छन् । जुनकुरा आदिबासी जनजातिहरुले बिरोध गर्छन । र गाई काटेर तरकारीको रुपमा प्रयोग गर्दै आएका छन् । धर्मनिरपेक्ष भनेर हिन्दु धर्म संरक्षण गरे झैँ देखिन्छ । जति पनि पारित नीति नियम छन् त्यसमा धेरै भन्दा धेरै जालझेल र मनोमानीमा गरिएका छन् । एक जातिलाई संरक्षण दिएर आदिबासी जनजातिहरुलाई लाखापाखा लगाउने काम यो नया संबिधानमा गरिएको छ । संसोधनको लागि आदिबासी जनजातिहरुले ठूलै आन्दोलन गर्नु पर्ने देख्छु । त्यसको लागि पलायन भएका आदिबासी जनजातिहरु नेपालमा उपस्थित हुन् जरुरी छ ।
यहि आन्दोलनलाई बुझ्ने अमुर्ताबोधि दर्शनशास्त्री खगेन्द्र पन्धाक लिम्बुसंग फेसबुकमा धेरै अघि परिचित भए पनि सन् २०७२ को चैत्र मध्येतिर मात्र सशरीर भेट भएर छोटो भलाकुसारी गरियो । थुप्रै साथीहरुले घेरिएर रहनु भएकोले अनौपचारिक गफ मात्र भयो । अरु औपचारिक गफ गरौ भन्दाभन्दै पनि म हंगकंग फिर्ने चटारो र घरको कामले पुन भेट्ने कुरा हुदाहुदै पनि भेट्न सकिएन । गीत संगीत साहित्य मात्र नभएर बिबिध क्षेत्रमा क्रीयाशील खगेन्द्र साईनोले भान्जा पनि हुन् । थाईलेण्डमा लामो समय साहित्य संगीत र बिबिध क्षेत्रमा साधना गरेर देश फिर्नु भएका हस्ती अहिले काठमाडौलाई कुल्ची रहनु भएको छ । मलाई लाग्छ अब विदेश नहानिएर देशमै केहि काम गर्नु पर्छ भनेर सल्लाह दिन चाहन्छु । वहा जस्तो मानिसको खाचो देशलाई छ । उनी शिक्षाको चेतना देशमा दिन सक्ने व्यक्ति हुन् । तसर्थ अब देशलाई माया गरेर युवा बर्गमा नयाशक्ति भर्न तम्सिनु पर्छ भन्ने सुझाव दिन चाहान्छु।
नेपालमा गर्नेलाई पैशा नै पैशा छ नगर्नेलाई केहि पनि छैन । तर पैशा भएर पनि पैशा देख्न नसक्ने सरकारले नितिनियमले बनाएको हो । सरकारले नितिनियमले आदिबासी जनजाति युवाहरुलाई सपनाबिहीन बनाएको छ । त्यति मात्र होइन लक्ष्यबिहिन नै बनाएको छ । यसरी हुनु आदिबासी जनजाति युवाहरुको पनि कमजोरी छ । तर कमजोरी निवारण गरेर अघि बढ्नुको सट्टा आफै पलायन हुने बाटो रोजेपछि सरकारले नितिनियम आफ्नो पक्षमा निश्चय नै बनाउछ । सरकारले त्यसरी नितिनियम तय गरेर लागु गरेको अवस्था छ नेपालमा । त्यसकारण अबका युवाले देशको निम्ति गर्छु भन्ने भाव लिनु पर्छ । बिदेश बसेका नेपालीले पनि देशको खातिर नै काम गर्नु पर्छ भन्ने सोच्न जरुरी छ । हामी हाम्रै कमजोरीमा रमाई रहेका छौ । आफुले आफ्नै खुट्टामा बन्चरो हानेर हामी आफ्नै खुट्टा बाली रहेका छौ । अब बुझौ सबैले देशमा के भई रहेको छ । जानेर बुझेर पनि अल्मलियौ भने हाम्रा पछिल्ला पुस्ताहरुले अझ धेरै पिडा भोग्ने छन् । हामीले बुझेको जानेको कुरा आफ्नो मान्छेलाई सिकाउ कि यस्तो हुन् जरुरी छ । फुटाउ र शासन गर भन्ने नीति माथिल्ला जातिहरुमा छ । भन्न त हामी एउटै हौ भन्ने गर्छन तर काम गर्ने बेलामा छुट्टिञ्छौ । छुट्याउछन । हालसालै सर्बोच्चको प्रधानन्यायधिस नियुक्ति गर्ने मामलामा सभामुख ओनसारी घर्ति मगर बिरामी भएको मौका छोपी सुटुक्क नियुक्ति गर्ने पास गरेछन । जहा सभामुख ओनसारी घर्ति मगर रायसल्लाह लिने कामै गरिएन । सभामुख आदिबासी जनजाती मुलका हुन् त्यसैले सल्लाह सुझाव लिन जरुर नै ठानिएन । यसरी ब्राम्हणबाद हावी छ नेपालमा । ब्राम्हणहरु कहा ब्राम्हणबाद छ भन्ने गर्छन । अझ ब्राम्हणबादको बिरोध गर्यो भने त ज्यान मार्ने धम्किसम्म आउछ । तर अदृश्य रुपले ती राजनीति दलहरु नेताहरु कार्यकर्ताहरुमा ब्राम्हणबाद हावी छ । जो हिजो प्रचण्ड र बाबुरामले ब्राम्हण र ब्राम्हणबादको बिरोध गर्थे तिनीहरु नै आज पृष्ठपोषण गरिरहेका छन् । दुबैले खुलेर अहिले हिन्दुधर्मको संरक्षणको कुरा गरिरहेका छन् । आदिबासी जनजातीहरुलाई घोडा बनाएर सत्तामा पुगे । र छोडीदिए ती घोडाहरुलाई । किनभने ती घोडाहरुले अब टोक्छन वा लात हान्छन भन्ने कुरा थाहा थियो । उनीहरु जुन स्थानमा पुग्नु थियो पुगिहाले अब घोडाको केको खाचो ? तर घोडाहरुले थाहा पाएनन हामी घोडा मात्र भएका छौ । जब हामी घोडा मात्र भएका छौ भनेर थाहा पाए तब आफु माथी बस्ने मानिस माथि पुगी सकेको थियो । यथार्थमा भन्ने हो भने माओबादी आन्दोलनले आदिबासी जनजातिहरु सिर्फ घोडा भए प्रचण्ड र बाबुरामको । तर पनि अझै केहि घास वा कुणो केहि देला कि भनेर पछ्याई रहेका छौ हामी मुर्ख आदिबासी जनजातीहरुले । वास्तबमा हुनेवाला केहि छैन हातमा लाग्यो शुन्य नै हो । राजनीति भनेको यो हो । माथि पुगेर आखिर उनीहरु मिलेका छन् । हामीलाई कुल्चेर सपना देखाउदै राज गरेका छन् । राजा हटाए किन उनीहरु राजा हुनलाई हो । अहिले उनीहरु राजा कै शैलीमा जीवनयापन गरिरहेका छन् । ठूल्ठुला भाषण दिन्छन हामीले तिरेको कर बटुलेर हासी हासी खान्छन । बिरोध गरे हाम्रै टाउकोमा बुट र लाठी बजार्छन । हामीलाई निमुखा यहि नेताहरुले बनाएका हुन् । नेताहरु सबै भत्ता खाएर हिड्छन जनता हेरेको हेरेकै हुन्छौ । भन्नु त धेरै छ तर हामी ती कुराहरु वास्ता गर्दैनौ । अब पनि हामी यो एक्काईसौ शताब्दीमा नेपाली आदिबासी जनजाती दाष नबनौ । सत्तामा पुग्ने अधिकार हाम्रो पनि छ नीति नियम कोर्ने अधिकार पनि छ । तर हामीलाई सत्तामा पुग्न दिईदैन । जति पनि पुगेका छन् तिनीहरु अल्पमतमा परेकाले उनीहरुकै पुच्छर बन्न बाहेक अरु केहि हुन् सकेका छैनन् । जस्तै पूर्बसभामुख सुबास नेम्बाङ्ग । उनले लिम्बुवानको लागि केहि बोलेनन् वास्तबमा उनि लिम्बुवान कै सन्तान हुन् । सभामुख होइञ्जेल सत्ताभोग भात्ताभोग गरे ।अहिले केहि न काम पार्टीको पुच्छर । देखावटीको रुपमा अहिले पनि ओनसारी घर्ती मगरलाई सभामुख बनाईएको छ । उनले पनि एक्लै के गर्लीन र त्यहा उही सभामुख होइञ्जेल सत्ताभोग भात्ताभोग गर्नेछिन् । त्यस्तै बिरामी परेको बेला वा विदेश भ्रमणमा हुदा आफ्नो मान्छेहरु सुटुक्क ठाउ ठाउमा पुर्यानेछन । यदि उनलाई मर्यादित ठहर्याएको भए अस्पताल मै भए पनि सोधिन्थ्यो । तर त्यो आवश्यक ठानिएन । त्यो पुरानो स्कुलिङ्ग हो सत्तामा बस्नेहरुको । उनिहरु वा उनीहरुको आखामा आदिबासी जनजाती नेपाली होइनन । भोट बर्मा तिब्बतका हुन् बसाई सरेर आएका । हामी आदिबासी हौ सत्ताधारीहरीहरु । त्यसो त अंग्रेजहरुले भारतमा सत्ता आफ्नो हातमा लिदा अंग्रेजहरुले सोच्थे भारतीहरु भारती होइन कतैबाट आएका हुन् । त्यस्तै नेपालका सत्ताधारीहरुले सोच्छन । तर कुनै दिन नेपालको सत्ता आदिबासी जनजातीहरुको हातमा परेपछि देशमा के हुने हो त्यो त्यहि समयले देखाउने छ ।