कठमाडौं—सरकारले राजदूतविहीन बनेका २१ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २१ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
जसमा ८ जना परराष्ट्रका कर्मचारी र दलहरूबाट १२ जना राजदूत भएका छन् । जसमा एमाले कोटाबाट ५ जना, एमाअोवादीबाट ४ जना, राप्रपा नेपालबाट १ जना अन्यबाट २ जना राजदूत बनेका हुन् ।

जो निम्नानुसार छन् :
१.डा. दुर्गाबहादुर सुवेदी—बेलायत
२. डा. महेन्द्रबहादुर सिंह— कतार
३. महेन्द्रबहादुर पाण्डे—चीन
४.युवराज कार्की— दक्षिण कोरिया
५.नारदनाथ भारद्वाज—श्रीलंका
६.लक्की शेर्पा—अस्ट्रेलिया
७.निरन्जन थापा—रसिया
८.खगेन्द्र बस्नेत—बंगलादेश
९.खडक केसी—जापान
१०.ताराप्रसाद पोखरेल—ब्राजिल
११. ऋषि घिमिरे—म्यानमार
१२. युगनाथ लम्साल—डेनमार्क
१३. रमेश खनाल—जर्मनी
१४. प्रकाश सुवेदी—अस्ट्रिया
१५.लोकबहादुर थापा—बेल्जियम
१६.सेवा लम्साल अधिकारी—पाकिस्तान
१७. भरतबहादुर रायमाझी—युएई
१८. शिवमाया तुम्बाहाम्फे—इजरायल
१९. अलि अख्तर मिगरानी—साउदी अरब
२०. पदम सुन्दास —बहराइन
२१. झविन्द्र अर्याल—इजिप्ट