टेक्नोलोजी क्षेत्रको दिग्गज कम्पनी याहुले बिहिबार नयाँ याहुमेल एपमा नयाँ अपडेटको घोषणा गरेको छ । यो सँगै प्रयोगकर्ताले विभिन्न मेलबक्सहरु एउटै एपमार्फत चलाउन सक्नेछन् ।

प्रयोगकर्ताले यो एपको प्रयोग गरी आफ्ना फाइल्सलाई गुगल ड्राइभ, ड्रप बक्स वा इमेज फम्र्याटमा टम्बलरमा समेत पठाउन सक्नेछन् ।

याहुले एक विज्ञप्ती जारी गर्दै गुगल ड्राइभलाई पहुँच दिएकोमा धन्यवाद दिएको छ । त्यस्तै उसले टम्बलरलाई पनि धन्यवाद दिँदै अब प्रयोगकर्ताले आफ्नो तस्वीर तत्कालै यसमार्फत पठाउन सक्ने बताएको छ ।

प्रयोगकर्ताले अब लभ, लल, क्यूट, चियर्स तथा ह्याप्पी जस्ता विभिन्न आइकनका जिआइएफ फाइलहरु पठाउन सक्नेछन् । मात्र एक क्लिकमा यस्ता फाइललाई आफ्नो इमेलमा अट्याच गर्न सकिनेछ ।

पहिलोपटक याहुमेलमा कम्पोजसँगै क्लाउड आइकन देखा पर्नेछ । यसमा तपाइँको अकाउण्टलाई गुगल ड्राइभ वा ड्रपबक्ससँग जोड्ने विकल्प दिइनेछ ।

याहुमेल एपको पछिल्लो अपडेट आइओएस ४.३ तथा एन्ड्रोइड ५.४ अपरेटिंग सिस्टम माथिका डिभाइसमा उपलब्ध हुने बताइएको छ ।