हङकङ  झापा मन्चको नयाँ बर्ष २०७३ को शुभकामना अदानप्रदान कार्यक्रम सन् २०१६ /०४/१७ अाइतबारको दिन मंकी हिलमा अायोजना सम्पन्न भएको छ ।मन्चको अध्यक्ष छत्र वहादुर सुब्बाले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा मन्चका सचिव श्रीमति बिष्णु मुखिया राईले सन्चालन गरेकी थिइन ।उक्त कार्यक्रममा मन्चका उपाध्यक्ष  जेवी याक्थुम्वाले स्वागत भाषण गरेका थिए।सो सभामा प्रमुखअतिथि रिता गुरुङ विशेष अतिथि जनजाति महासंघका अध्यक्ष एमबि थापा आसिन हुनुहुन्थ्यो ।

hkjhapa muncha

कार्यक्रममा शुभकामना मन्तब्य प्रमुख अतिथि लगायत अन्य अतिथिहरुवाट शुभ कामना मन्तव्य गीतकार हेम लावती सल्लाहकार नबिन सुहाङ याक्खा छुम्माका अध्यक्ष पुर्ण देवान साब्ला बुङ सम्पादक तथा  प्रकाशक श्री राज कुमार राई तेह्रथुम मञ्च हङकङ अध्यक्ष श्याम इङनाम किरात याक्थुम चुम्लुङ अध्यक्ष त्रिभुवन लुम्फुङवा संखुवासभा समाज अध्यक्ष कर्ण काेरङगी किरात मुक्ति मोर्चाका अध्यक्ष इन्द्र लक्सम जन सम्पर्क समिति हङकङका उपाध्यक्ष किसन देवान अादिले शुभकामना दिनु भएको थियो । बिशेष गरेर हङकङ झापा मन्चले झापाको दोमुखामा पर्यटकिय स्थलको रुपमा विकास गर्ने प्रस्ताव  योजना स्वरुप अगाडी बढाएकोले उक्त योजनामा प्राय सबैले ऐक्यबद्धता जाहेर गरेका थिए । औपचारिक कार्यक्रमपछि नाचगान खानपिनको व्यवस्था गरिएको थियो । समग्रमा कार्यक्रम भव्यताका सम्पन्न  भएको थियो । (तस्बिर ज्याप फोटो स्टुडियो)

hkjhapa

hkjhapa

hkjhapa