गतवर्ष अविस्मरणीय रुपमा याङशिलामा भएको सांगीतिक कार्यक्रम यस पाली वैशाख २५ गते पुनः हुने भएको छ । गतवर्ष वैशाख १२ गते विनाशकारी भुकम्प आउदै गर्दा याङशिलामा सांगितिक कार्यक्रम भइरहेको थियो । याङ्शिला साँस्कृतिक समूह याङ्शिलाले मनोरञ्जनात्मक कार्यक्रम रिमिक्स धमका २०७३ गर्ने भएको छ । याङशिला मोरङ जिल्लाको पहाडी दुर्गम गाविसको रुपमा हेर्ने गरिएको छ जहा“ मिडियाको पहुच पनि निकै कम रहेको छ । पूर्वमा मोरङको केराबारी, पश्चिममा धरान उपमहागरपालिका उत्तरमा धनकुटा जिल्ला र दक्षिणमा चारकोसे झाडीसँग सिमाना जोडिएको यायाङ्शिला पछिल्लो समयमा भने विकासका कार्यहरुमा केही फड्को मारेको छ । अझै सम्पन्न बस्ती, उदाहरणिय गाउँ बन्न सकेको छैन । विकट गाउँ भएकाले गाउँमा केही काम गरौं भन्ने अभिप्रायले राष्ट्रिय कलाकार तथा गायक गायिकाहरुको जमघट गर्न कार्यक्रम आयोजना गरेको गीतकार राम चेप्चुङ राई बताउछन् । गत बर्ष स्थापना भएको ‘याङशिला साँस्कृतिक समूह’ याङशिलाले गत वर्षदेखि मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ । स्थानीय समाजसेवी राम राई, नरबहादुर लिम्बू, अजय थेगिम, प्रेम महत, उपेन्द्र लुङ्गेली, चलित्र राई, योगेन राई, रमेश कट्टेल, सन्जिब राई,रोशन लिम्बू र हरि चेम्जोङ लगायतको सहयोगमा कार्यक्रम आयोजन ागर्न लागिएको समुहका सचिव प्रमिस राई बताउछन् । गतको बर्ष राजेश पायल राई, बिष्णु चेम्जोङ, जितु नेपाल, बिनोद खम्बू लगायतका राष्ट्रिय कलाकारको प्रस्तुतीमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्ष बिनोद खम्बु, कमल खत्री, कला राई, तारा प्रकाश लिम्बू, मिना राई, पदम राई, राकेश किराँती, सचिन राई लगायतका गायक गायिकाको प्रस्तुती रहने साथै हास्यकलाकार मुला साग र जोघेन्धरको जोडिलाई बैशाख २५ गते शनिबार को दिन, याङ्शिला ८ बगैंचा स्कुलको प्राङ्गणमा हेर्न सकिने गीतकार राम रेप्चुङ राई बताउँछन् ।