कता हिडेको कस्लाई खोजेको बोलको गितबाट लोकप्रियता कमाएकी गायिका आभा मुकारुङ्गको नयाँ गीतमा म्युजिक भिडियो आमाको मुख हेर्ने दिनको अबसर पारेर रिलिज गरिएको छ । आफ्नै आमा नारा देवि राईको शब्दमा संगित पनि गायिका स्वयंले नै गरेकी छिन, यो गितको एरेन्ज चर्चित संगितकार तथा एरेन्जर सचिन सिहले गर्नू भएको छ ।
युबा, रिसिम र अभियन्ताले जोडदार अभिनय गरेको भिडियोमा गायिका स्वयंले मुख्य भुमिका निर्वाह गर्नू भएको छ, आमा ले छोरा छोरी लाई दिनुहुने माया, ममता र आमाको त्याग र तपस्याका बारेमा ब्याख्या गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन, टेकेन्द्र शाहले सम्पादन र देव जंग थापाले निर्देशन गरेका छन ।