गितकार हेम कुमार लावती बीस बर्ष अघि हंगकंग परदेसिएका हुन् । कानुनका बिध्यार्थी तथा साहित्यिक एबँ राजनैतीक चेतका धनी लावतीले भरखरै आफ्ना गितहरूको संगालो ‘निभाउन नआउनु आगो’ सिडी एल्बम बजारमा ल्याएका छन ।

-प्रथम गित ‘निभाउन नआउनु आगो’ एल्बमको शीर्षक गित हो । जसलाई आजका लोकपृय आधुनिक गायक प्रमोद खरेलले स्वर दिनुका साथै मोडलिंग पनि गरेका छन । संगित निरोज लामाको रहेको छ ।

“निभाउन नआउनु आगो
म रगत सगै सल्कि सकेको छु
यसरि जल्दै जीवनमा
जिउन म पल्कीसकेकोछु ।”

-अर्को सुन्दर गित बनेको छ अन्जू पन्तको स्वर र राज सुक्र लिम्बूको संगितमा ।

“भूलहरूको गित सुनेँ कति गाएँ गुनगुनाएँ
क्षमा, माफी, जरिवाना सुनेकै हो सजाए
झुक्किएछु अन्जानैमा मैलेपनि बिराएँ ।”

-अर्को गित बिमला प्रधानको स्वर र संगितमा जो शब्द चयनको मिठासले उठाउन चाहन्छु ।

“कहिले राति निन्द्रा नि पर्दैन
रोउँ भन्छु आँसु नि झर्दैन
सुकेछ की आँखाको नयन ताल
कस्तो रहेछ बेइमानी मायाजाल ।”

हेम कुमार लावतीको सबै गितमा प्रणय पिडा छ त्यहा जीवनका आरोह अबरोह आउँछन तर परदेशी जिवनको पिडा कतै पनि छैन । गितहरू एउटै फरम्याटमा छैनन । स्वच्छन्द भएर बगेका छन गितका लयहरू । भाषामा परिपक्कता छ र शब्द शिल्प खारिएका छन् । छ वटै गितहरूमा स्तरीय भिज्यूअल गरिएकोछ । आकर्षक स्वरहरूद्वारा गाइएका छन गितहरू ।

गित सम्बन्धी बिज्ञ समीक्षक त म होइन साधारण श्रोता मात्र हुँ । गितकार स्वयं समीक्षक समाज हंगकंगका संयोजक हुन । जसले कला, साहित्य, गित, संगित र समसामयिक बिषयमा बिमर्श गर्दछ । अब गित यस्तै हुनु पर्छ भन्ने निश्चित मापदण्ड पनि छैन राम्रो बनाउने कोसिस सबैको हुन्छ नै ।
यस एल्बमको गितहरू अति उत्कृष्ट छन भन्न त नमिल्ला तर कमसल भने पक्कै छैन । बजारमा चलेका औसत गितहरूकै बराबरीमा या ती भन्दा राम्रा पनि बनेका छन सबै गित । मुख्य कुरा दर्शक र श्रोताको नजरको कसीमा नै आउनु पर्यो । मलाई आशा छ पक्कै आउछ । उदाहरणको लागि छोटो समयमै प्रमोद खरेलको स्वरको ‘निभाउनु नआउनु आगो’को यूट्यूब दर्शकहरू ७२ हजार पुगेको छ भने अन्जू पन्तको “भूलहरूको गित”को अडियोमा ११ हजार श्रोता पुगेको देखिन्छ । अन्य गितहरू यूट्यूब अपलोड गरिएका छैनन ।

गित अमर होस सबै सर्जकको चाहना हुन्छ । यसका लागि प्राय सुगम संगितलाई आधार बनाइन्छ तर सुगम संगित हुदैमा यो जीवन्त हुन्छ भन्ने छैन । यसमा शब्द संगित र गायनको कालजयी संयोग मिल्नु पर्छ । स्थापित भनिएका गायक, संगीतकार र गित सर्जकहरूको सृजना पनि ओझेलमा पर्न सक्छ । समयानुकूल नयाँ स्वाद खोज्ने पुस्ता आएको छ । अब नारायण गोपाल र गोपाल योन्जनको जमाना रहेन । दिपक जंगमहरू त छन तर प्रमोद खरेल जस्ता नया गायकहरूलाई नया शब्दहरू ठ्याक्क मेल नखान सक्छ । शान्ति ठटाललाई सुरेश अधिकारी कति फिट छन यसै भन्न सकिदैन । यी सिमाहरूमा गितको कम्बिनेसन मिलाउनु र श्रोताहरूबिचमा पुर्याउनु चुनौतीपूर्ण कुरा छ ।

अहिले गित सुनिदैनन हेरिन्छन् । प्लेयर र वकमेनहरुको समय पनि छैन । मोबाइलमा आउने एफ एम रेडियोका गितहरू र यूट्यूबका भिज्यूअल गितहरू श्रोताहरूको रोजाइमा पर्छन् । तेसका लागि मिडियामा हिट हुनु पर्यो । धेरै खर्चिलो र झन्झटिलो छ गित तयार गर्नु । यी तमाम कुराहरूलाई मिलाएर हेम कुमार लावतीले आफ्नो एल्बम ल्याएका छन् । यसका छ वटा गितहरू एउटा बसाइको अति आनन्ददायक खुराक बन्छ । तर तपाइले यसलाई भिसिडी प्लेयरबाटै बजाउनु पर्नेछ कारण के भने यसका सबै गितहरू भिज्यूअल गरिएका छन ।

अन्य गितहरूमा स्वरुपराजको स्वरको “मेरो खबर तिमीलाई मनको पानाभरि” बानिका प्रधानको “आकास उहि धर्ति उहि सिमाना छ वारिपारि” कुबेर राईको “यति धेरै माया पाइरहेछु ।” छन् । जसमा संगितकारहरू क्रमश: निरोज लामा, दिनेश सुब्बा र अनुप सुब्बा रहेका छन । निरोज लामा, अनुप सुब्बा, सुक्र लिम्बू र बिमला प्रधान नयाँ लाग्यो तर सबैको संगित राम्रो छ । भिज्यूअल तिर आजका चर्चित र ब्यबसायिक भिडियो निर्देशक भुषण दहाल लगायत अन्य नयाले पनि राम्रै काम गरेको देखिन्छ । तर ‘आकाश उहि धरती उहि’ जस्तो मीठो गितको म्यूज़िक भिडियोको कथा गितको मर्म अनुसार नभएको भान हुन्छ । निर्माता र निर्देशकहरूको बीचमा प्रयाप्त छलफल नभएर या हतारोको कारण यस्ता प्राबिधिक पक्षमा कमजोरी रहन सक्छ । नयाँ निर्देशकहरूले आफ्नो महत्वकांक्षामा नभइ बस्तुपरक धरातलमा काम गरे बेश होला ।
अन्तमा स्वरुपराज उन्मुक्त रूपले खुल्न नसकेको र मीठा स्वरका धनी कुबेर राईले गाएको गित कमजोर हो की जस्तो लाग्यो । अब आउने एल्बम अझ खारियोस र प्रणय बाहेकका अन्य शब्दहरूपनि आवोस जो गहन र दार्शनिक बनोस् ।

ashok

(समिक्षक अशोक चाम्लिङ्ग राई)

बिमोचन सन्दर्भका तस्बिरहरु

12027343_457583861098694_3045210014242794539_o 12039079_457583754432038_3702064591675693057_o