जेष्ठ १७, २०७३- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बजेट सार्वजनिक हुनु अगावै ‘लिक’ भएको भन्दै छानविन समितिको अडान लिएपछि बजेटमाथिको छलफल प्रारम्भ नै नभइ व्यवस्थापिका संसदको सोमबारको बैठक स्थगित भएको छ ।
बिहान बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसद एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले बजेटको विवरण संसदमा आउनु अगावै पत्रपत्रिकामा सार्वजनिक भएको आपत्ति जनाएका थिए । उनी सहित कांग्रेस सांसदहरुले छानविनको माग गर्दै संसदमा उठेर बिरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पटक-पटक गरी चार तीन पटक संसद बैठक केही बेरका लागि स्थगित गरेकी थिइन । चौथो पटक बसेको बैठकमा पनि कांग्रेस सांसदहरु आफ्नो अडानबाट पछि नहटेपछि सभामुखले संसद बैठक भोलि(मंगलबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरेकी छन् ।

कांग्रेसको विरोधपछि संसद बैठक तेस्रोपटक स्थगित

 

सोमबार बिहान बसेको व्यवस्थापिका संसदको बैठक कांग्रेसको विरोधपछि दुईपटक स्थगित भएको छ ।

सुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनु अगावै पत्र–पत्रिकाबाट सार्वजनिक भएकोमा आपत्ति जानाउँदै छानबिनको माग गरेपछि आधा घन्टा स्थगित भएको थियो ।

आधा घन्टाको स्थगनपछि पुन: सुरु भएको बैठकमा कांग्रेसका अर्का सांसद रमेश लेखकले छानबिनको माग गरे । त्यसपछि कांग्रेसका सबै सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाए लगत्तै सभामुख ओनसरी घर्तीले संसद् दिउँसो १:३० सम्मका लागि पुन: स्थगन गरेकी थिइन् ।

दिउँसाे साढे एकमा तेस्राेपटक बसेकाे बैठकमा बाेल्दै कांग्रेस सांसद महेश अाचार्यले कांग्रेसले उठाएकाे विषय सम्बाेधन नभएसम्म विराेध जारी रहने बताएपछि सभामुखले ३ बजेसम्मका लागि संसद पुनः स्थगन गरेकी हुन् ।

‘बजेटको विवरण संसदमा पेश हुनु अगाडी नै पत्र–पत्रिकाबाट सार्वजनिक हुनु संसदीय अभ्यासको विपरित हो,’ संसद्मा बोल्दै महतले भने, ‘यसको तत्काल संसदीय छानबिन समिति गठन गरेर जाँच गरिनुपर्छ ।’

महतले यति भनिसकेपछि सभामुखले संसद् आधा घन्टाका लागि स्थगित भएको घोषणा गरेकी थिइन् । त्यसपछि पुन: बसेको बैठकमा कांग्रेस सांसद रमेश लेखकले पहिला पनि एमाले कै अर्थमन्त्री हुँदा संसद्‍मा बजेट पेश हुनु अगावै बाहिर लिक भएकोले छानबिन हुनुपर्ने माग गरे ।

‘पहिला पनि एमाले कै अर्थमन्त्री हुँदा बजेट संसद्‍मा प्रस्तुत हुनुपूर्व नै लिक भएको थियो,’ उनले भने, ‘हामी त्यसको विरोध गर्छौं । यसको तत्काल छानबिन हुनुपर्छ ।’