सुनसरी । पुर्वाञ्चल युवा उत्थान समाजको संयोजकत्वमा तथा धरान डोजोको आयोजनामा आयोजित सुनसरी जिल्ला स्तरिय कराते प्रतियोगिताबाट धरान डोजो टिम प्रथम भएको छ । प्रतियोगिताको दोस्रो टिम भने तालतलैया डोजो भने दोस्रो भएको छ । उनीहरूलाई प्रतियोगिताका प्रमुख अतिथि जिल्ला खेलकुद परिषदका अध्यक्ष धनप्रसाद राईले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा महिला तथा पुरुषहरू क्रमशः ३५, ४०, ४५, ५०, ५५ किलो तौल अन्तर्गतमा प्रतियोगिहरुले भाग लिएका थिए । ३५ किलो अन्तर्गत पहिलो हुने महिला मोनिका दर्नाल, दोस्रो गरिमा द्धितिय भएका थिए भने पुरुषतर्फ पहिलो भुपाल राई, दोस्रो चोम्साङ राई, तृतिय हुने क्रमशः विज्ञान गुरुङ र अन्योल राई रहेका छन् । ४० किलो तौल तर्फ महिलातर्फ पहिलो हुनेमा रितु कार्की, दोस्रो सम्यता लिम्बु, तेस्रो निबन सुब्बा भएका थिए भने पुरुषतर्mदश बर्देवा, दोस्रो अभिषेक राई, तेस्रो हुनेमा क्रमशः पर्वत पराजुली, पवन भुजेल रहेका छन् ।
यसैगरी, ४५ किलो तौल अन्तर्गत महिलातर्फ पहिलो बिना राई, दोस्रो सबिता श्रेष्ठ, तेस्रो हुनेमा क्रमशः अनुका श्रेष्ठ र मनिष श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ पहिलोसन्तोष शर्मा, दोस्रो ईसाहाङ राई, तेस्रो हुनेमा क्रमशः रोशन श्रेष्ठ, मिङगसोहाङ लिम्बु रहेका छन् । ५० किलो तौल अन्तर्गत पहिलो हुनेमा महिलातर्फ ईन्द्रमाया तामाङ, दोस्रो कल्पना गुरुङ, तेस्रो हुनेमा प्रीति राई रहेका छन् भने पुरुषतर्फ पहिलो हुनेमा मिङगसोहाङ लिम्बु, दोस्रो सन्देश राई, तेस्रो हुनेमा क्रमशः अंकित शाह र राजु खड्का रहेका छन् ।
यस्तै, ५५ किलो तौल अन्तर्गत महिलाहरुमा पहिलो गङ्गा माया तामाङ, दोस्रो रोजिना सुन्दास, तेस्रो हुनेहरुमा क्रमशः बिपना गुरुङ र मेरिना लिम्बु रहेका छन् भने पुरुषतर्फ पहिलो प्रणित कटवाल, दोस्रोमा मनोज वि.क., तेस्रोमा क्रमशः अदित्य गजमेर, नवीन राई रहेका छन् । पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगि डोजोहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । सोही प्रतियोगितामा सुनसरीका १८ वटा डोजो टिमको सहभागिता रहेको थियो भने एउटा टिमबाट १२ जना प्रतियोगि रहेका थिए ।