सुनसरी । क्यानभाष साहित्य समाज तराहराको आयोजनामा प्रतियोगितात्मक साहीतिक गोष्ठी सम्पन्न भएको छ । धरान-१३ स्थित पूर्बाञ्चल ज्ञानचक्षु मावि.मा आयोजित सो गोष्ठीमा सोही विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए । निबन्ध, कविता, गजल, कथा र गीत गरी ५ वटा विधामा रहेर विद्यार्थीहरूले आ-आफ्ना प्रस्तुति देखाएका थिए । सोेही प्रतियोगिताबाट कक्षा ५ का मिराक लिम्बुले ‘फुलबारी’ शीर्षकमा कविता, कक्षा ४ का बिरोज थापा मगरले ‘गुरु कविता’ कक्षा ७ का गगन आलेले ‘नेपाल कविता’ कक्षा १० का एलिना लिम्बु ‘वैदेशिक रोजगार र यसका चुनौती’ विषयमा निबन्ध प्रस्तुत गरेका थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कवि सुदिप पाख्रीनले पुरस्कार स्वरूप रु.५५५, प्रमाणपत्र प्रदान गरिएको थियो । बिनय सरगमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विवेक विवश रेग्मीले गरेका थिए । सो प्रतियोगितामा निर्णायक चन्द्र गुरुङ र श्रीशिशा राई रहेका थिए भने प्रतियोगितामा १७ जनाले आफ्नो प्रस्तुति कविता, निबन्ध, कथा, गजल,गीत वाचन गरेका थिए । प्रा.डा. एंव साहित्यकार भीम खतिवडा, ज्ञानचक्षु विद्यालयका प्रधानाध्यापक केशरी थापा, केशव वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । उत्त साहित्यिक गोस्ठिमा विद्यार्थीहरूले अप्रतियोगिको रूपमा पनि रचना सुनाएका थिए उनीहरूलाई खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।