टंक सम्बाहाङ्गफे

२४ वर्षपछि हङकङ भूपू बेलायती आर्मी समाजसेवी तथा गीतकार सन्तोष थलङ लिम्बुले बेलायत फिर्नु अघिल्लो दिन रात्रीभोजमा हङकङको ताई मो सान डाँडाँ घुम्ने रहर पूरा नभएको दुखेसो पोख्नु भयो मसँग।सात दिनको हङकङ भ्रमण ओसान पार्क डिज्निलेण्ड बिगबुद्ध र गोर्खा सम्बन्धी एक छलफल कार्यक्रमले नै सिध्यायो।त्यसो भएर होला घुम्नु पर्ने ठाउँ यसपालि घुम्न पाएनन भूपू बेलायती आर्मी समाजसेवी तथा गीतकार सन्तोष थलङ लिम्बुले।त्यसैले होला मसँग गुनासो पोखे छेउ मै बसेको हुनाले।भन्दै थिए सानमिगेल बियरको चुस्की स्वाट्ट पारेर।उहिले हामी आर्मीमा हुँदा त्यो ताई मो सान डाँडाँमा त कति हिडेको हिडेको।सन १९९२ मा हङकङ छोडेर बेलायततिर लाग्दा यस्तो लाग्थ्यो अरे सन्तोष थलङलाई अब जीवनमा हङकङ फिरेर आईन्न होला? तर अर्धाङ्गिनी नयन्ती वनेमको फोर्सले पुन २४ औं वर्षमा हङकङ टेक्दा खुसीले भुई टेकेको पनि थाहा पाएनन।

santosh thalang

विगतको स्मृतिले वहाँलाई निक्कै गहिरो ढङ्गले सताई रहेको थियो।तर मैले उक्त स्मृतिलाई भङ्ग गर्न चाईनाको ग्रेटवाल भ्रमणको कुरा कोट्याए।हङकङ आउदा आउदै ग्रेटवालमा पनि पुग्नु भो नि कस्तो रहेछ त्यो ठाउँ ? फेरि सानमीगेल बियर ग्लास उचाल्दै ठट्यौली गर्नुभयो प्रसङ्ग छोडेर।उता बेलायतमा त यो सानमिगेर बियर पाईदैन।त्यसैले यसपटक चाहिँ धित मरुन्जेल चुस्की लाउँनु पर्ला भन्दै हाँस्नु भयो।एकछिन पछि प्रसङ्गमा आउँनु भयो र भन्न थाल्नु भयो।वास्तवमा चाईनाको ग्रेटवाल एक पटक जीवनमा घुम्नै पर्ने ठाउँ रहेछ।यसपालि ट्रान्जिटको फाइदा लिदै सपरिवार ग्रेटवाल पुगियो।खासमा युरोपबाट आउँने कति देशलाई ४८ घण्टाको ट्रान्जिटमा फ्री भिस्सा हुँदोरहेछ।हो त्यही समयलाई सदुपयोग गरेका रहेछ्न।उक्त कुरा खुसुक्क कानमा भन्नू हुँदा पो थाहा पाए।पिक टावर घुमाउने पालो अर्धाङ्गीनी कमला थोप्रा र मेरो थियो।समयको अभावले अरू ठाउँ घुमाउने मन हुँदाहुदै पनि घुमाउँने मौका मिलेन।पिक टावरको सिरान तलामा ३३ डिग्रीको घाम ताप्दै सेन्ट्रलतिर फर्किनु भयो।सेन्ट्रलमा त धेरै गगनचुम्बी व्यापारिक घर थपिएछ्न।उहिलेको हङकङ कहाँ हो कहाँ परिवर्तन भएर नयाँ हङकङ पो बनेको रहेछ भनेर आश्चर्य व्यक्त गर्नु भयो।हुन पनि बेलायतले सन १९९७ मा हङकङ छोडेपछी आर्थिक वृद्धिदर आकासिएको आकासिएकै छ।युकेको बसाइले होला ३३ डिग्रीको घाम खप्न चर्कै परिरहेको थियो।र पनि मैले सम्झना स्वरूप एक सेल्फी तस्बिरआग्रह गरे। त्यतिबेला घाम त निक्कै चर्कै रहेछ भन्दै हुनुहुन्थ्यो।

santosh

पिकबाटै लाईभ भिडियो वार्ता नयाँ समय डटकमको ब्यानरबाट प्रसारण गर्ने तयार गरेको थिए।अलि शीतल ठाउँमा उभेर प्रसारण गरौँ कि भनेर यसो प्रयास गरेको नहुने भयो।अनि मैले वहाँलाई घाम मै उभेर बोल्नु पर्ने बाध्यता सुनाए।मेरो आग्रहलाई स्विकारेर ३३ डिग्रीको घाममा आफ्नो विचारहरू राखी दिनु भयो।मुलत हङकङ भ्रमणको उद्देश्य बारे स्पष्ट पार्नु भएको छ।जुन कुरा भिडियो मार्फत हेर्न सक्नु हुनेछ।

जोर्डनको रात्रीभोजलाई रमाइलो पार्ने अर्का व्यक्ति हुनुहुन्थ्यो भूपू शिक्षक भीम लङ्वा लिम्बु।छिप्पिएको तोङ्बाको रसले नछोएपछी सिग्नेचरको चुस्कीले हस्यौली गर्दै यथार्थको झटारो सन्तोष थलङमाथी बर्साउदै थिए।नयन्ती बजुलाई सन्तोष बाजेले होक्से झार्दा देखेर लभ परेको खुलासा गर्दै हुनुहुन्थ्यो।यो कुरा सिधै सन्तोष बाजेको कानमा पर्दा एकछिन त रातोपिरो नै भए।ठट्यौली पाराले भीम दाइलाई पनि कुरा बङ्ग्याएर छेडछाड गर्दै हुनुहुन्थ्यो।सन्तोष थलङ बाजे र मेरो ससुराली घर वल्लो र पल्लो घर हो।त्यसैले गाउँले साइनो सम्बन्धले बाजे पर्नु भएको हो।तेम्बेका ज्वाईहरु भन्दै मलाई समेत कमला र टंक ज्वाईको पत्रमित्रताबाट प्रेम भएर बिहेवारी भएको खुलासा गरिदिनु भयो।हुन पनि त्यसै नै भएको हो।सन्तोष र टंक ज्वाइँ जस्तो राम्रा ज्वाईहरु पाउँदा गौरव लागेको कुरा भीम दाइले भनिदिए पछि सन्तोष थलङ बाजे र मेरो नाक हर्षले उच्च हिमाल झैँ बन्यो।केही काम त समाजको लागि दुवैले गर्दै आएको छौ जस्तो लाग्छ।जोर्डनको रात्रीभोजमा म लगायत साढुदाई पूर्ण चोङ्बाङ जेठिसासु डिक माया थोप्रा अर्धाङ्गिनी कमला थोप्रा मिसेस गिराहाङ्ग गङ्गा  बजु र छोरा बाजे सन्तोष थलङ बजु नयन्ती वनेम र कान्छा छोरा मिसन तेम्बेली भूपू शिक्षक भीम लङ्वा ।१० जनाको समूहले विगतका कुराहरू कोट्याउदै रातको १० बजाएका थियौ।सम्झाउनी बिर्साउनी स्वरूप अनेकौ नयाँ पुराना गफहरुले ठाउँ लिएको थियो।अर्धाङ्गीनी कमलाले भन्दै थिइन।उहिले बाजेबजुको विवाहमा लोकन्दी गईएको थियो।अहिले यो बुढेसकालमा मात्र भेट्दा साह्रै रमाइलो लागि रहेको छ।

sanosh

गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति यूके/नेपालका प्रमुख संयोजक रहनु भएका सन्तोष थलङको  विशेष हङकङमा उपस्थित हुनुको प्रमुख कारण जानकारीसभा पनि हो।यसपालि स्वतन्त्र ब्रिटिस भूपू गोरखा सैनिक हङकङले गोरखा सत्याग्रह आन्दोलन तथा ब्रिटिस गोरखा नेपाली नागरिकता अभियानसम्बन्धी अन्तर्क्रिया (जानकारी सभा) कार्यक्रम गरे सँगसँगै समितिको संयोजकमा नरेनकुमार राई र सहसंयोजकमा अबिचन्द्र इङ्गनाम सचिवमा अमोद राई र कोषाध्यक्षमा रत्न खिम्दिङ र सदस्यहरूमा दिल पालुङ्वा, भीम लिम्बु, रिता लिम्बु, पासाङ् शेर्पा, हर्क साँवा, भीम थलङ, ललित थलङ र मिना लिम्बु सहित कानुनीसल्लाहकारमा इन्द्र वनेम रहने गरी कार्यसमिती समेत गठन गर्न भ्याएका छन्।

गोरखा र तिनका परिवारको हक अधिकार प्राप्तिको लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति यूके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ लगायत अन्य पदाधिकारीहरुको सक्रीयतमा बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आमरण अनसन समेत सुरु गरेका थिए।यस विषयमा प्रश्न गर्दा सन्तोष थलङ भन्नू हुन्छ।हामीले हाम्रो लडाइलाई अगाडि बढाउन आमरण अनसन सुरु गरेका थियौ तर नेपाल सरकार र बेलायत सरकारले सरकारीस्तरबाटै समस्याको समाधान निकाल्ने भनेपछी अनसन तोडेका हौ।यदि हाम्रो माग पूरा नभए गान्धीले सत्याग्रह गरेर आन्दोलन जितमा परिणत गरे झैँ सत्याग्रहबाटै हाम्रो आन्दोलनलाई पार लगाउछौ।यो आन्दोलन पार लगाएपछी रिटायर्ड लाईफ पछिको रिटायर्ड जीवन बिताउने तरखरमा हुनुहुदो रहेछ।नेपाल कै रमणिय स्थानमा सामाजिक सेवा लगायत गीत कविता लेख्दै समय सदुपयोग गर्ने योजना रहेछ।अहिलेलाई भने बेलायत मै आन्दोलन र डिउटी बराबर गरी बसेका छ्न भूपू बेलायती आर्मी समाजसेवी तथा गीतकार सन्तोष थलङ लिम्बु।