नेपाली गीत संगीतमा आफ्नो भविष्य देख्ने र यही क्षेत्रमा केही गरौं भन्ने लाखौ सपना बोकेर अगाडि लम्किरहेका गायक तथा संगितकार राकेश किराँती यति बेला म्युजिक भिडियोको निर्देशनमा बेस्त देखिन्छन।पुर्बमा बन्ने म्युजिक भिडियोहरु मध्य धेरै जसो भिडियोको निर्देशन किराँती गर्ने गरेका छन।यसै हप्ता मात्र किराँतिले ६वटा भिडियो शुट गरेर पुर्बमा रेकर्ड ब्रेक गरेका छन।६ वटा भिडियोको काम सकेर पनि हालै एउटा गीत सार्वजनिक गरेका छन् ।उक्त गीतको भिडियोमा पुर्बको सुन्दर नगरी धरान र धरान आसपासका प्राकृतिक मनोरमले भरिपुर्ण दृश्यहरु हेर्न सकिन्छ।किराँतीकै संगितमा पछिल्लो समयमा “स्टेज किङ” चिनिदै आएका गायक तथा संगीतकार बिनोद खम्बुको आवज सुन्न सकिन्छ। ” ओबानोमा खस्ने मन” गीतको शब्द सिक्किमका गीतकार चन्द्र राईले कोरेका हुन् ।किराँतीको निर्देशन रहेको यो भिडियोमा राजन मिभाक,इष्मी नेम्बाङ र मेरिना तुम्सालाई फिचरिङ गरिएको छ।भिडियोलाइ बुद्ध थापाले सम्पादन गरेका हुन भने छायांकन श्रीकुमार साम्पाङले गरेका छन।