“छाडी हिड्यौ मोडी पाईला जन्मेको सुन्दर देश
जहाँ रहेनी सुखी रहनु बचाउनु भाषा र भेष…”
यो गीत मेरो, तपाईको अनि सम्पूर्ण नेपाली जातीका निम्ति हो भन्न चाहन्छु। गाँस,बास, कपास अनि भाग्य खोज्दै,जन्मभूमि छाडी ,भूगोलको बिभिन्न कुनामा पुग्न बाध्य हामी सम्पूर्ण नेपाली जातीको गीत हो यो भन्न चाहन्छु। मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्छ होला र? तरैपनि हामी नेपाली जातिहरू; राजनितिक, गरिबी यस्तै-यस्तै बिभिन्न कारणहरूले गर्दा जन्मभूमि,आफ्नो परिवारबाट छुटिनु परेको तितो यथार्थ त सबैमा बिधित नै छ।
संसारको जुनै कुनामा रहेपनि हाम्रो कला संस्कृति भाषा-भेष बचाउ।आफ्नो जन्मभूमिलाई सबैमा चिनाउदै जाऊँ…. यसैमा छ हामी नेपाली जातिको जीत, यसैमा छ हामी सारा नेपालीहरूको हित।
-धुर्ब श्री १ सरकार

एल्वम:तुलसी मन्जरी (प्रीति भाग-२)
शब्द:राकेश काफ्ले
संगीत:ढकाल ब्रदऱश
स्वर: सि.डि बिजय अधिकारी/मनिषा राई
म्यूज़िक भिडियो निर्देशन:रमेश बाबा नेपाल
कलाकारहरू:मिथिला शर्म,रबी गिरी,बाबू भण्डारी,बिध्य काफ्ले र उत्तम रसाईली
बिशेष सहयोग:प्रकाश सुबेढी, भोली शिवाकोटी(पुरानाघरे)