अहिले पुर्बमा मात्र होइन पुरै देशमा मनोरञ्जनमा रमाउने युवाहरूको लर्को छ। विशेष गरि गीत संगित र मोडलिङमा यो चाप देखिन्छ।यस्तै सपना सजाएर तेह्रथुमकी निम्लामु शेर्पा मोडलिङमा भविष्य खोजिरहेकी छिन् । सबैसंग खुलेर बोल्ने अलिक चनचले स्वभाव भएकी उनी यस क्षेत्रमा हामफालेको लामो समय नभएता पनि पुर्बमा बन्ने प्राय म्युजिक भिडियोहरुमा उनको माग बढ्दो छ।केही समयअघि लोकप्रिय गायक तथा संगीतकार विनोद खम्बुको स्वर,राकेश किराँतीको संगितमा “मन” बोलको म्युजिक भिडियोबाट संगितकार किराँतीले नै मोडलिङमा निम्लामुलाइ डेब्यु गराएका हुन।

nimlaamu

धरानमा मोडलिङ करिअर अघि बढाइरहेकी उनी भन्छिन्, ‘पहिलो गीतबाटै राम्रो प्रतिक्रिया आयो । अहिले धेरैले अफर गरेका छन् । हाल कक्षा १२को परीक्षा दिएर बसेकी उनलाई परिवारको पनि सहयोग भएकाले यही क्षेत्रमा भविष्य बनाउँछु भन्ने लागेको छ । भन्छिन्, ‘मोडलिङको भविष्य राम्रो हुन्छ जस्तो लागेको छ ।त्यसैले यसै क्षेत्रमा भविष्य बनाउने विचारमा छु ।’फेरि उनी भन्छिन,डाक्टर बन्ने सपना सजाएको म मोड्लिङ तिर पो लागियो। सायद राम्रै हुनलाइ होला ।