“माथि” बाट शुरु हुन्छ
रेखा –
शुन्यता वा आकाशबाट शुरु हुन्छ ।।।
र विस्तारै खस्छ धरतीमा
र हामी
जीवन भनेर रमाउँछौं

विचार वा विन्दुहरुको
गति वा अस्थिरताको
रोडम्याप
रेखा
बहुआयामिकताको
संश्लेषण
अर्थात् एक-आयामिकताको ूप्रोजेक्सनू
अभिव्यक्ति हो र होइन
निर्निमेष सोचिरहेको छु ।।।

सुन्दरता सरलतामा हुन्छ
रेखा त्यसको सामान्य प्रस्तुति –
सँधै सीधा हुन्छ वा बाङ्गो रु
सोचिरहेछु ।।।

रेखाहरुको बिउ
बिन्दुमा
प्रेमको केहि क्वान्टम तातो मिसाएर
आजको पाषणप्रायस् धरातलमा
छर्न मिल्छ मिल्दैन
वा उम्रेर हुर्क्यो भने
कलमी गर्न मिल्छ मिल्दैन सोचिरहेछु ।।।

रेखाहरुको विनिर्माण प्रयोगशालामा
अस्तित्वका केहि धर्साहरु उप्काएर हेर्दा
स्वरुपहरुको ज्यान गयो
रुपहरुको मृत्यु भयो
सुवास र रङ्गहरु बिलाए
र थाह पाएँ
रेखा भनेको
ज्यामितीय आधार रहेछ
रेखा नभए
आयतन नहुने रहेछभित्रको
रहस्य के हो
सोचिरहेछु ।।।

विचारको एक क्वान्टम सम्बन्ध
रेखाबाट शुरु हुन्छ
र रेखामा तुरिन्छ
सुनगाभाको रंग र सुवास
रेखाबाट शुरु हुन्छ
र रेखामा तुरिन्छ ।।।

चराचुरुंगीको चिरबिर मात्र होइन
सम्पूर्ण आवाजहरुको तरंग
रेखाबाटै ओहोरदोहोर गर्छन्
र रेखा मै बिलाउँछन्
विन्दुहरुको विस्तार कहाँसम्म सम्भव छ रु
सोचिरहेछु ।।।

शक्तिशाली अणुभित्र हेर
बौलाहा इलेक्ट्रोन एउटा रेखालाइ अक्ष मानेर
घुमिरहन्छ
त्यसरी म –
ज्याक्सन हाइट
घुमिरहन सक्दिन
म्यानहेट्टन वा ब्रुकलिनब्रिज पनि
घुमिरहन सक्दिन ।।।

अर्कै कोणमा नजर फ्याँकेर सोच्छु –
कसले कसको नक्कल गरेको हो रु
हुँडार पनि चिडियाखानामा घुमिरहन्छ
मैले चिन्न नसकेको कान्छो पनि मधुशालातिर घुमिररहन्छ
एउटा रेखालाई
अर्धव्यास बनाएर
र आनन्दको एक पेग तानेपछि
बोल्ने आँट गर्छ कान्छो स्
म प्रेमको त्रिभुजबाट पीडित छु

रेखालाई
जेजस्तो बनाएर तन्काए पनि हुने रहेछ ।।।
रेखाहरुको निलो संजाल
अर्थात् आकाशमा
अर्को जाज्वल्यमान रेखा –
वृत्त बनेर आउँछ
धरती उज्यालो हुन्छ
जीवनवृत्त खसेपछि
फेरी अन्धकार छाउँछ
अर्को धनुषाकार रेखा –
रातको बत्ति बनेर आउँछ ।।।

यतिखेर –
हाम्रो सम्बन्ध
अनुभूतिजन्य भावनाको किरिमिरी रेखाहरुले बनेको
जीवन्त अक्षरहरु हुन्
त्यो बिलाए पछि –
पाठक पनि छैन
लेखक पनि छैन

हामीले रेखाहरुलाई
बंग्याउनसम्म बंगाएका छौं स्
सबै रेखाहरु बाँगिएर
सिंगो पृथ्वी –
गुटुमुटु एकै डल्लो भयो।।।
बाँच्नुको अन्तरिम उद्देश्य –
रेखाहरुको गुटुमुटु बाटुलो पैसो
वा चेप्टो नोट प्राप्ति मात्र बनिरहेछ

केहि रेखाहरु मेटेर
भूगोल परिवर्तन भएको छ
मेटेर रेखा –
देशहरु नामेट हुन सक्छन्
मान्छेको अस्तित्व खत्तम हुन पनि सक्छ
रेखा १
रेखाहरुको लीला र नाटक ११
हामी त बढी दर्शक वा पात्र हौँ रेखाहरुको संरचनामा
थोरै सर्जक हौँ रेखाको ज्यामिती बदल्ने १

जता जतिखेर जे हेरे पनि
रेखा र रेखाहरु मात्रै
तर केहि रेखाहरु खोजिरहेछु स्
खाँटी प्रेमको रेखा खोइ रु
इमानको रेखा खोइ रु
सद्धे बनेर उभिनसक्ने मानिसको रेखा खोइ रु
सम्पूर्ण रेखाहरुको आधार खोइ रु
देशभक्तिको रेखा खोइ रु
यतै कतै हराएका छन् कि रु
तर्कवितर्क गर्दा गर्दै
मेरो दिमाग शुन्य भयो
शून्य आकाश जस्तै ।।।

रेखा –
मैले लेख्न नसकेको कविता भएको छ
यो रेखा कविता भयो भएन
सोधिरहेको छु
सोचिरहेको छु
अलिखित रेखा र लिखित कविताको अन्तर्सम्बन्ध
के हुन् रु
को हुन रु
म रु
तिमीरु
हामीरु
सबथोक –
एउटा बिन्दु
स्तव्ध भएर
यहाँ
टक्क रोकिन्छ
र अर्को प्रस्थान आरम्भ हुन्छ ।।।