फेसबुक म्यासेन्जरमा अब अरु कोहीले थाहा नपाउने तरिकाबाट सन्देश पठाउन सकिने भएको छ र जुन केही समयपछि आफैं डिलेट पनि हुनेछ ।
यसको लागि दुबै च्याट गरिरहेका व्यक्तिलें फेसबुक म्यासेन्जर नयाँ भर्सनको हुनुपर्छ । तर, सन्देश पठाउने तरिका भने केही फरक हुनेछ ।
यसका लागि म्यासेन्जर एपलाई इन्स्टल गरेर ‘कम्पोज’ बटनमा क्लिक गर्नुपर्छ । नयाँ सन्देश भएको एक स्क्रिन आउँनेछ त्यसको दाहिनेतर्फ माथिपट्टी ‘सिक्रेट’ लेखिएको हुनेछ ।
जब तपाईं पहलो पटक यस्तो ‘सिक्रेट’ सन्देश पठाउँदै हुनुहुन्छ तब म्यासेन्जरले जुन सन्देश पठाउँदै गरेको हो त्यो अर्को डिभाइसमा एन्क्रिप्टेड रूपमा जानेछ भनेर बताउने छ र त्यसको ओके बटनमा क्लिक गर्नुपर्नेछ ।
जसलाई यस्तो सन्देश पठाउने हो आफ्नो फाेनबुकबाट उसको नाम छान्नु पर्छ । यदी उसँग मेसेन्जरको सबैभन्दा नयाँ भर्सन छैन भने सन्देश पढ्न सकिने छैन ।Þ
तर म्यासेन्जरले उसको मोवाइलमा सबैभन्दा पछिल्लो भर्सन इन्स्टल भएको छ वा छैन भनेर तपार्इंलाई बताउने छैन ।  सन्देश पठाउनु अघि साथीलाई सोध्नुनै उत्तम हुनेछ ।
जब तपार्इं सन्देश पठाउनुहुन्छ त्यो आफै डिलेट हुने खालको संन्देश हुदैन । त्यसका लागि म्यासेन्जरमा एक टाइमरको बटन देखिने छ जसमा क्लिक गर्र्नुपर्नेछ ।
त्यसपछि सन्देश कति समय पछि डिलेट हुनुपर्ने त्यो छान्नु पर्नेछ । दस सेकंड देखि पूरै दिनभरको लागि सन्देश पठाउन सकिनेछ ।
यसमा डिलेट हुने खालको सन्देश पठाए उक्त च्याटमा पठाइने सबै सन्देश निश्चित समयमा डिलेट हुनेछ ।
जब आफ्नो स्मार्टफोनमा सन्देश आउँछ तपाइलाई कसले पठाएको हो भन्ने जानकारी भने देखिने छैन । स्क्रिनमा केवल “कसैले तपाईंलाई सन्देश पठाको छ” भन्ने सन्देश देखिनेछ ।