काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत करिव २ हजार ५ सय कर्मचारी सरुवा गरिएको छ । विद्युत् प्राधिकरण व्यवस्थापनले वितरण तथा ग्राहक सेवामा कार्यरत २ हजार ४८० जना कर्मचारी सरुवा गरेको हो ।

वितरण तथा ग्राहक निर्देशनालयमा कार्यरत सबै कर्मचारी सरुवा गरेको हो । प्राधिकरणमा सबैभन्दा बढी कर्मचारी यो निर्देशनालयमा कार्यरत छन् ।
गलत मिटर रिडिङ गरेर आर्थिक लाभ लिएको पत्ता लागेपछि प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशानालयका सबै मिटर रिडरको सरुवा गरेको हो ।

प्राधिकरणमा एकैपटक ठुलो संख्यामा कर्मचारी सरुवा गरेको पहिलो पटक हो ।  प्राधिकरण स्रोतका अनुसार धेरै कर्मचारी शंकाको घेरामा परेका छन् ।