सन् २०१७ जनवरी ३१ तारिख हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङ हिमको हलमा ग्लोबल मिडिया र नेपाली पत्रकारिता, नेपाली पत्रकारीतामा आदिवासी जनजाति एवं व्यवसायिक पत्रकारिता शिर्षक रहेको गोष्ठिमा पत्रकारिता सम्बन्धी अनुभव लिएको शिक्षा र पत्रकारिता सम्बन्धि आफ्नो शोध बारे कार्यशाला गोष्ठीमा हङकङका पत्रकारहरु माझ राख्नु भएको थियो। समाजसेवी तथा पत्रकार बिष्णु माया सिंगक लिम्बुले आफ्नो अनुभव सुनाउदै आम संचार र तिनका अनुसन्धानहरुमा लगानी गर्नु पर्ने बताए ।उक्त गोष्ठीमा हङकङका नेपाली पत्रकारहरु सहित संघसस्थाको कार्यकारी पदाधिकारी, कलाकार, समाजसेवी लगायतका विभिन्न वौद्धिक व्यक्तित्वहरुको सहभागितामा रहेको थियो ।

आदिवासी जनजाति पत्रकारिता माथि उठ्न नसकिरहेको र उठ्न नसक्नुका कारण समाज पनि जिम्मेवार रहेको बताए । पत्र–पत्रिका र अध्ययनहरु संविन्धी समाज पूर्णरुपमा सचेत हुने हो भने आदिवासी जनजाती पत्रकारीता र तिनका मिडिया हाउसहरु आफै माथि उठ्ने लिम्बु बताउछन् । आदिवासी जनजाति, उत्पिडित, महिला जनचेतना र विकाशको लागि गोष्ठीको आयोजना आफुले कार्यशाला गोष्ठीको आयोजना गरेको गोष्ठी संयोजक रविन लिङदेनले वताए । यस्ता जनचेतनको लागि भविश्यमा अझ धेरै कार्यक्रमहरु आफुले गर्ने लिङदेन बताउछन् ।

बिष्णुमाया सिंघक लिम्बुको गोर्खा एफएम, रिपब्लिका डेली, द गार्खाज साप्ताहिक, तान्छोप्पा, जर्नल, स्मारिका सम्पादन र मास कम्यूनिकेशन राइ युनिभर्सिटी इण्डिया, त्रिभुवन युनिभर्सिटी, विभिन्न रिर्सचहरुमा गरेको अध्ययनहरुको अनुभवहरुको कार्यशाला गोष्ठी भएको थियो । रिर्सचहरुकै क्रममा उनले निर्माण गरेको ३० मिनेटको डा. हर्क गुरुङको जिवनी वारे र ५ मिनेटको “माङगेना” लिम्बु जातीको सिर उठाउने मुन्धुम वारे डकुमेन्ट्री फिल्म प्रदशन भएको थियो ।