गीतकार टंक सम्बाहाङफे शब्द संगीतकार तथा प्राज्ञ असोक लोहरुङ राईको कम्पोज / एरेन्ज रहेको गीत नेपाली गीत संगीतमा उच्च सम्भावना बोकेका गायक एकान्त लिम्बु आङ्देम्बेको लिम्बु जातिको महान चाड चासोक तङ्नामलाई लक्षित गरेर चासोक तङ्नाममा भेटेर सोल्टीनी धानै नाचौला बोलको म्युजिक भिडियो बिश्वब्यापी युट्युब मार्फत सार्वजनिक भएको छ ।
लामो समयदेखी नेपाली गीत लेखनमा निरन्तर लागि रहेका कुसल गीतकार टंक सम्बाहाम्फे नयासमय डटकमको एक भेटमा भन्नु हुन्छ l यस पटक नेपाल बसाईको क्रममा गीत रेकर्ड भएर म्युजिक भिडियो छायाङकन भएको यो गीतमा म ज्यादै आशाबादी छु l किनकि यो गीत अत्यान्तै रोमान्टीक भएकोले म्युजिक भिडियो हेरेपछि दर्शक बृन्दले मन पराउनु हुनेछ भन्ने मलाई लागेको छ l

पूर्वकी चर्चित मोडेल मिना मादेन लिम्बू नायक जीवन राई र बरिष्ठ कलाकार / लिम्बु भाषाविद यासेली योङ्हाङ लिम्बुको दमदार अभिनय रहेकोछ। लिम्बु जातिको संस्कृति झल्किने भेसभुस्सा गरगहना र धान नाचको लोभ लाग्दो दृश्यहरु समेटिएको यस म्युजिक भिडियोलाई छायाङ्कन/निर्देशन/ र सम्पादन मेगराज मंग्रातीले गरेका हुन् ।
नयासमय डटकम संग गीतकार टंक सम्बाहाम्फेले जादाजादै भने l मैले लिम्बु जातिको लागि गरेको यो सानो कामको लागि गर्ब गर्छु l म लिम्बु भएर मैले लिम्बु जातिको लागि केहि काम गरिन भने लिम्बु हुनुको अर्थ छैन l त्यसैले आफ्नो जातिको लागि सबै लिम्बुले केहि न केहि काम गरौ l र यो मेरो गीत समस्त लिम्बु तथा गैरलिम्बुहरुलाई २०१७ को चासोक तङ्नाम हार्दिक शुभ कामना सहित उपहार समर्पण गर्न चाहन्छु l म्युजिक भिडियो वर्ल्ड वाईड ईण्टरटैनमेण्ट क्रीएसनले दर्शक सामु पस्किएको छ l