चर्चित कवि सन्तोष थेबे लिम्बुको हङकङमा एकल कविता साझ धरान हङकङ मंचको आयोजनामा लुम्बिनी क्लब जोर्डन
अप्रील १,२०१८ साझ ७:३० बजे कार्यक्रम हुने भएको छ l कवि थेबे मेची अञ्चल ताप्लेजुङ्ग जिल्लाको सिनाममा बुवा यम ब.लिम्बु र आमा भिम कु.लिम्बुको कोखबाट २०२७ साल साउन १५ गते जेठो सन्तानको रुपमा जन्मनु भएको हो l १ भाई ३ बहिनी सहित ७ जनाको परिवार ताप्लेजुङ्गबाट स्थानान्तर भएर हाल धरान ८ भोटेपुलमा स्थायी बसोबास गर्दै आउनु भएको छ l आफ्नो २ छोरी श्रीमती सहित ४ जनाको सानो संसार बनाई सक्नु भएको छ l रंगमंचमा आउनु अघि बि.सं.२०४२ साल कक्षा ८ पढ्दैदेखि कविता लेख्न सुरु गरेका हुन् l

पछि बि.सं.२०४५ सालबाट रंगमंचको यात्रा सुरु गरेका हुन् l रंगमंचमा राम्दारम्दै कविता लेखनको रसले उनलाई धेरै भिजायो र कविता लेखनमा मै निर्लिप्त बने l बि.सं.२०७३ सालमा फालेलुङ र कावेली बजार नामक कविता संग्रह अत्यन्तै चलेपछि पुन बि.सं.२०७३ सालमा दोस्रो संस्करण छाप्न प्रकाशन गरेका छन् l त्रिभुवन बिश्वबिद्यालयबाट बिए बिएड सम्म अध्यायन पुरा गरेर हाल उनि शिक्षण पेशामा आबद्ध छन् l गहन साहित्यिक पुस्तकहरु अध्यायन गर्ने वहाको बिशेष रुचि रहेको बताउछन नया समय डटकमलाई l अन्त्यमा मुस्कुराउदै भने कविता नलेखेको भए हङकङ आईपुगिन्नथ्यो होला l मलाई त कविताले यहाँ सम्म उडाई ल्याएर यहाका साहित्यिक मित्रहरु संग भेट्ने मौका पो जुरायो l चर्चित कवि सन्तोष थेबे लिम्बुको हङकङमा एकल कविता साझ सफलताको लागि नया समय डटकम हार्दिक शुभ कामना व्यक्त गर्दछ l