पान्थर मन्च हङकङको आयोजनामा मिक्लाजङ फिल्म्स प्रा.लि. को निर्माणमा बनेको गायक तथा नायक लिम्बु चलचित्र निर्माता टीका राम लिम्बु माक्खिमको लिम्बु लघु चलचित्र ..ए सोमिप्मे… आउँदो मे १ तारिक २०१८ मङगलबार जी हेनरी ल्यङ कम्युनिटी हल याउ मा तेईमा प्रिमियर सो प्रदर्शन हुने भएको छ। जोर्डनस्थित किरात याक्थुङ चुम्लुङ भवनमा जानकारी सभा राखिएको थियो ।
उक्त सभामा नायक तथा निर्माता टीकाराम लिम्बु माक्खिमले लघु चलचित्रले दर्शाउन खोजेको लिम्बु जाती अन्तर्गतको बिवाह सँस्कार र बिविधता बारेमा ए सोमिप्मे बनेको बताउनु भएको थियो । तर वास्तविक बिषयहरु चाहिँ सो चलचित्र हेरेर प्रष्ट देख्न सकिने छ । साथै वहाँको स्वरले सजिएको लिम्बु गीतहरुमा लिम्बु जन्य रहन सहन सँस्कार सन्स्कृतिको झलक र गीती नाटकद्वारा छोटो समय मनोरन्जन लिनु सक्नु हुने जानकारी गराउनु भएको थियो पत्रकार सम्मेलनमा ।


चलचित्रमा वहाँको नायिकाको भुमिकामा  प्रबीन पन्धाक लिम्बुले निर्बाह गर्नु भएको छ।साथै ए सोमिप्मे प्रदर्शन अवशर नायिका प्रबीन पन्धाक लिम्बुको पनि उपस्थिती हुन सक्ने कुरा नायक टीका माक्खिम लिम्बुले बताउनु भएको छ।यो लघु चलचित्र लिम्बू जातिले मात्र नभएर गैरलिम्बुहरुले समेत हेरेर मनोरन्जन लिन सक्ने छन।यो चलचित्र हेर्न हङकङ बसोबास गर्नुहुने सम्पूर्ण लिम्बू तथा गैरलिम्बुहरु हलमा आएर हेर्न अनुरोध समेत गर्नु भएको छ नायकले।यो फिल्म पछि अन्य लिम्बुजन्य फिल्महरु निर्माण गर्दै लैजाने समेत पत्रकार सम्मेलनमा बताउनु भएको थियो।यश फिल्मका निर्देशक लोकेन साभा लिम्बू हुनुहुन्छ।