ईन्जिनियर गायकको नाममा ख्याति प्राप्त गायक बिरेन्द्र श्रेष्ठको आवाज रहेको गीतकार टंक सम्बाहाङफेको गीतमा नयाँ म्यजिक भिडियो युट्युब मार्फत सार्वाजनिक भएको छ l तिम्रो मनसँग हास्न पाए हुन्थ्यो बोलको रहेको गीतलाई चर्चित संगीतकार टिका भण्डारीले संगीत दिनु भएको छ l नया समय डटकमको एक भेटमा गायक बिरेन्द्र श्रेष्ठ भन्नु भयो बिभिन्न एफ एमहरुमा म्युजिक भिडियो आउन अगावै श्रोताहरुले ओडियोमा गीत मन पराउनु भएको छ l हालै मात्र म्युजिक भिडियो युट्युब मार्फत सार्वाजनिक गरेका छौ पक्कै दर्शक बर्गहरुले रुचाउनु हुनेछ भन्ने मलाई लागेको छ l अथक प्रयास र मेहनतका साथ म्युजिक भिडियो ल्याईएकोले यसको कमीकमजोरी समेत औल्याई दिन गायकले आग्रह गर्नु भएको छ l

त्यसै गरि गीतकार टंक सम्बाहाङफे भन्नु हुन्छ l यो हाम्रो ईन्जिनियर गायक बिरेन्द्र श्रेष्ठसंगको सहकार्य एकदमै राम्रो भएको छ l गीत संगीत र स्वरको त्रीबेणि भएकोले म्युजिक भिडियो अपेक्षा अनुरुप बनेछ l त्यसकारण पक्कै दर्शक बर्गहरुले रुचाउनु हुनेछ भन्ने कुरामा मलाई कुनै शंका छैन l प्राज्ञ स्टुडियोमा रेकर्ड गरिएको गीतको बाद्यसंयोजन कुमार थापाले गर्नु भएको छ भने मिक्सीङ किरण कडेलको रहेको छ l यस म्यजिक भिडियोमा मुख्य मोडेलको भूमिका सन्दिप र सब्बु गुरुङले निभाउनु भएको छ l गीतकार टंक सम्बाहाङफेका लगभग १०० गीतहरुमा नेपालका चर्चित गायक गायिकाहरुको स्वराङकन भैसकेका छन l