अमेरिकाको मिनीशाेटा राज्यको सेनपलमा यहि सेप्टेम्बर २२ तारिखका दिन पहिलो पटक बृहत सांगीतिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ ।

‘सुमधुर सांगीतिक साँझ मिनीशाेटा, २०१८’ नाम दिईएको उक्त कार्यक्रममा चर्चित गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, विल्सन बिक्रम राई र नेपाली भाषी भुटानी गायक रमेश कँडेल तथा स्थानीय कलाकार ‘एसेन्टरर्स ब्यण्ड’को प्रस्तुती रहने आयोजक समितीका अर्जुन प्रधानले जानकारी दिए ।

स्थानीय व्यवसायी तिलक पकवालको प्रायोजन र ग्लोवल पोष्ट ईन्फोको मिडीया पार्टनरशीपमा आयोजना हुने उक्त कार्यक्रमबाट संकलित सम्पुर्ण रकम नेपालमा रहेको भुटानी शरणार्थीहरुको शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘क्यारिटास नेपाल’लाई सहयोग गरिने आयोजक समितिले जनाएको छ ।