वैदेशिक रोजगारीको सिलसिलामा गीतकार तथा मोडेल कृष्ण कला वनेम( लिम्बू) ले ईजरायलबाट स्वदेशी (नेपाली कान्छा) सम्झेर म्युजिक भिडियोमा सार्बजानिक गरेकी छिन।

कृष्ण कला वनेम( लिम्बू) लाई ईजरायल बसाईको क्रममा एउटा रहर पुरा गर्ने ईच्छा थियो l त्यो हो आफुले काम गरेको ठाउँको वरिपरिको समुद्रको तट शुन्दर बगैचाहरु अनि गगनचुम्बी महलहरुको दृश्यहरुलाई कैद गरेर एउटा परदेशिको पिडा कथा र त्यहाँका बास्तबिकतालाई म्युजिक भिडियोमा उतार्ने l आज उनले त्यो अनौठो रहर वा ईच्छा यो म्युजिक भिडियो मार्फत पुरा गरेकी छिन l
गीतको मर्मले सबैलाई छुन्छ किनभने यो गीत धेरै सत्यको नजिक रहेर लेखिएको हुनाले अत्यान्तै मार्मिक बनेको छ l जुन बेला कान्छासंग खेलेको हासेको नाचेको झझल्को म्युजिक भिडियोमा जीवन्त उतारिएको छ l गीतकार स्वयम् पात्र भएर आउदा सुनमा सुगन्ध थपिएको छ l गीतकारले आफ्नै गीतमा न्याय गरेको देख्न पाईन्छ l हरेक गीतकारको सपना यसरी पुरा भएर आउदैन तर गीतकार तथा मोडेल कृष्ण कला वनेम( लिम्बू) को सपना पुरा भएको पाईन्छ l

आधुनिक युग छ जहाँ बिदेशका फेसेनेबल र छोटा कपडाको होडबाजी भैरहेका बेला कृष्णकला वनेमलाई आफैले हाते सियोद्वारा सिलाएर तयार गरिएका कपडाहरु उक्त म्युजिक भिडियोमा प्रयोग गर्न भ्याएको बताउछिन।आफैले सिलाएका कपडाहरु म्युजिक भिडियोमा प्रयोग गर्न पाउदा अत्यन्तै खुसी भएको बताएकी छिन गीतकार तथा मोडेल कृष्ण कला वनेम( लिम्बू)।

ऐतिहासिक रुपमा निर्माण भएको उक्त म्युजिक भिडियोमा रहेको गीत बोल “आखाभरी झल्को आउँछ तिनै रनवन” छ l एकबर्ष अघि सिक्किमका बिभिन्न ठाउका सुन्दर दृश्यहरु तथा कतारका सुन्दर दृश्यहरु छायांकन गरि म्युजिक भिडियोमा समायोजन गरिएको देख्न सकिन्छ।कृष्ण कला वनेमको आफ्नै शब्द रचना तथा मोड्लिङ गरिएको उक्त गीतमा पुरुष मोडल भने जगतराम बर्देवा रहेका छन।

कृष्ण कला वनेमको शब्दलाई गायिका कला राईको स्वर,प्राज्ञ तथा संगीतकार शान्तीराम राईको सङ्गीत रहेको उक्त म्युजिक भिडियो माबो क्रीएसनले तयार पारेको हो। म्युजिक भिडियोलाई निर्देशक सन्तोष माबोले निर्देशन क्यामरा सम्पादन समेत गरेका हुन्। विभिन्न क्षेत्रबाट यो म्युजिक भिडियोलाई सुन्दर बनाउन विभिन्न ब्यक्तिहरुले सहयोग गर्नु भएको छ जसमा सिक्किमका सुन्दर क्लिप्सहरु सन्तोस सावदेनले उपलब्ध गराएर सहयोग गरेका छन भने त्यसैगरी कतारका केही क्लिप्सहरु सुरज तामाङ विरेन्द्र कुमार याक्थुम्बा ( शुवास) ले उपलब्ध गराएर सहयोग गरेका हुन्।सम्पुर्ण सहयोगीहरुलाई गीतकार तथा मोडेल कृष्ण कला वनेम( लिम्बू) ले धन्यबाद ज्ञापन गरेकी छिन।यो म्युजिक भिडियो हाईलाईट्स म्युजिक युट्युब च्यानलबाट बिश्वब्यापी दर्शकहरु माझ ल्याईएको छ l