ताप्लेजुङको सिनाममा जन्म भै दुई दशक अगाडी अर्मेनियाको बिश्व बिद्यालयबाट ईञ्जिनियरिङमा ग्रेजुयेटगरि नेपालको जल बिद्युतको बिकास निर्माणमा लागी परेका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ २०७२ सालदेखि मात्र विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा देखिएका व्यक्तित्व हुन् ! हालसम्म २ दर्जन भन्दाबढि गीतहरुमा स्वर भरि सकेका गायकले आखा लाउछन मैलाई सबै भन्ने गीतबाट मोडेल सोंग्सले आयोजना गरेको अवार्ड कार्यक्रममा यही सन् २०१८ मै दोश्रो पटक बेस्ट सिंगर लोकपपको उपाधि चुम्न सफल भएका छन् ! आखा लाउछन भन्ने गीतको रचना अमेरिका निवासी अम्बिका गुरुङको हो भने संगीत र एरेन्ज शंकर थापा र उदय राज पौडेलले गरेका हुन् ! सार्बाधिक व्यस्त जीवनको बाबजुद यति मिठो गाउनु अनि समय पुर्याउनुलाई रहर अनि सोखले गराएको कर्म भन्दछन गायक श्रेष्ठ l

ईन्जिनियर तथा गायक बीरेन्द्रले हालसालै ओएस नेपालले आयोजना गरेको दोश्रो ओएस नेपाल अवार्डमा समेत बेस्ट सिंगर लोकपपको उपाधि दिपक शर्माको शब्द संगीतमा अनि उदयराजको संगीत संयोजनमा बनेको घर हाम्रो लेकैमा भन्ने गीत मार्फत पाएका थिए l बिभिन्न विधाका गीतहरुमा आफ्नो स्वर भरेका छन् तर उनको जनर भने लोक पप नै हो ! यहि असोज २६ गते आफ्नै च्यानल Birendra Shrestha बाट माया लाग्छ निष्ठुरीको भन्ने अत्यन्तै मर्म स्पर्शी गीतको मिउजिक भिडिओ सार्बजनिक गर्दैछन् ! बिद्यमान समाजमा लोभ लालच अनि यसकै कारणले निम्त्याएको पारिवारिक बिखन्डनलाई भिडिओमा चर्चीत कलाकार श्रीष्टि खड्का निर्मल खत्री तथा नव मोडेल सामिप्य श्रेष्ठले यसै भिदियो मार्फत निर्देशक राहुल प्रधानले डेब्यु गराएका छन् ! नेपाली साँगीतिक आकाशका गुरू बिनय बर्माको संगीत,विशन मानन्धरको संगीत संयोजनमा गायक श्रेष्ठको अत्यन्तै भावपूर्ण स्वरले सजिएको गीत.गोदावरी भिलेज रिसोर्टमा छायांकन गरिएको छ !