लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित के साङला चलचित्र हङकङको पहिलो प्रिमियर अपार सफलता पछि सन् २०१९ फेब्रुवरी ५ तारिख दक्षिण कोरियाको एमटियु हालमा दिनको १२ बजे प्रदर्शन गरिने भएको छ।हिजो सन् २०१९ जनवरी २३ तारिख के साङला चलचित्रका नायक भिम तुम्बाहाङफे नयासमय डटकमको एक भेटमा सन् २०१९ फेब्रुवरी ५ तारिख दक्षिण कोरियामा प्रदर्शन निश्चित भएको बताउनु भएको छ।

उक्त भेटमा के साङला चलचित्र कोरिया पछि कतार बेलायत हुदै नेपालमा प्रदर्शनी गर्ने जानकारी गराउनु भएको छ। दक्षिण कोरियामा प्रदर्शनको लागि सहयोग गर्नु हुने किरात याक्थुङ चुम्लुङ द कोरिया,श्रीजङगा ईण्टरटेनमेन्ट ग्रुप र हाङ चेम्जोङलाई बिशेष आभार प्रकट गर्नु भएको छु।आफु दक्षिण कोरियामा प्रदर्शनीमा पुग्न नसके पनि हङकङबाट नै यहि समाचार मार्फत दक्षिण कोरिया रहनु हुने लिम्बु तथा गैरलिम्बू नेपालीहरुलाई म द्वारा अभिनित के साङला चलचित्र हेर्न आईदिन आग्रह गर्दै उपस्थित दर्शकबृन्दबाट के साङला फिल्म हेरेर सल्लाह सुझाव दिनु भएमा म अत्यान्तै आभारी हुनेछु भन्नु भएको छ।लिम्बु भाषा संस्कृति तथा जनजीवनमा आधारित के साङला चलचित्र अत्यान्तै राम्रो बनेकोले हङकङमा यो फिल्मको प्रदर्शनी अत्यान्तै सफल भएको हो।किरात याक्थुङ चुम्लुङ द कोरिया,श्रीजङगा ईण्टरटेनमेन्ट ग्रुप र हाङ चेम्जोङले दक्षिण कोरियाको प्रेसमिटमा के साङला चलचित्रको पोस्टर फेसबुक लाईभ मार्फत प्रस्तुत गर्नु भएको छ चलचित्र प्रदर्शनीको लागि।