काठमाडौँ, असार १५। अभिलेख प्रकाशन बाट प्रकाशित कबि सुर्य चापागाईको पहिलो कृति देवल कविता संग्रह लोकार्पण भएको छ।  शनिबार काठमाडौं महानगरपालिका वडा नं ६ रामहिटी काठमाडौं स्थित साहित्य सदन उक्त कार्यक्रमका प्रमुख अतिथि  प्रगतिशिल लेखक संघका अध्यक्ष एबम नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिब प्राध्यापक डाक्टर जितेन्द्रदेब गिरि बाट कबिता संग्रहको लोकार्पण भएको थियो।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा पुर्व सांसद एबम बरिष्ठ कवि  कुन्ता शर्मा रहेकी थिइन् ।त्यसै गरि अतिथिहरुमा  साहित्य सदन रामहिटीका अध्यक्ष एबम समाज सेबी अमिर थापा, साहित्यकार एबम प्राध्यापक डाक्टर दुर्गा प्रसाद अर्याल, सिस्नुपानी नेपालका अध्यक्ष  एबम व्यंग्य लेखक लक्षमण गाम्नागे  अभिनव साहित्य समाजका अध्यक्ष एबम साहित्यकार गोबिन्द घिमिरे बेदमणि,सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, साहित्यकार कवि श्रीहरि फुयाल साहित्यकार लघुपत्रकार एबम  उक्त कार्यक्रमका समिक्षक डा. पुस्करराज भट्ट, साहित्यकार तथा उक्त कार्यक्रमका समिक्षक नन्दु उप्रेती, त्यसैगरी उदयपुर्मा रहेर साहित्य सेवागर्दै आएका साहित्यकार जीवनाथ खनाल प्रेस काउन्सिल नेपालका सदस्य एबम साहित्यकार टेकनाथ ढकाल,साहित्यकार  पौष चापागाई,  कृष्ण प्रसाद चापागाई,  देवल कबिता संग्रहका लेखक कबि सुर्य चापागाई लगायत साहित्यकार लेखकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता अभिलेख प्रकाशनका  अध्यक्ष  एबम साहित्यकार अच्युत घिमिरेले गरेका थिए भने कार्यक्रम संचालन सरोज  घिमिरेले गरेका थिए।राष्ट्रियगान संगै सुरु गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि प्रगतिशिल लेखक संघका अध्यक्ष एबम नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिब प्राध्यापक डाक्टर जितेन्द्रदेब गिरिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।आयोजकले अतिथिहरुलाई  रातो टिका र ढाकाको टोपी प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार बालमुकुन्द कार्कीले स्वागत मन्तब्य राख्दै लेखक द्वारा लिखित कबिता समेत बाचन गरेका थिए  उनले सुर्य चापागाई समाजलाई नियालिरहेका एक कवी भएको बताउदै विभिन्न साहित्यिक कार्यक्रमहरुमा मिठो आवाजमा भेटिइने उनलाई आफुले दुइ दशक अघि देखि चिनेको बताए। उनले कवी सुर्य चापागाईलाइ गीतकार गायक कवी तथा प्राध्यापकको रुपमा आफुले चिनेको समेत बताए।  कवि चापागाईले बिभिन्न साहित्यिक पत्रिकाहरुमा फुटकर रुपमा कविताहरु प्रकाशित गरि नेपाली साहित्य क्षेत्रमा स्थापित भैसकेको बताउदै  देवल कविता संग्रह तिनै फुटकर रचनाहरुको संकलन भएको बताए ।उनले देवल प्रकाशनका लागि बधाई समेत दिएका थिए ।

उनले  सामाजिक बिकृति र विषमताको अन्त्य खोज्ने सशक्त कवी भएको बताउदै पूर्वी पहाडको धनकुटा बाटै उदाएका कबि काठमाडौका साँघुरा गल्लीहरु र अस्त ब्यस्त शहरमा अनुभूतिका शब्दहरु बुन्दै देवल संग्रह ठड्याएको बताए उनका कबिता घर आँगन समाज र देशको सेरो फेरोमा घुमेको पी बताए ।उनले उक्त कविता संग्रहमापनि उही समाजका लयहरु भेटिने हुँदा समाजप्रति उत्तरदायी कवी भएको बताउदै उनका कविताले बर्तमान समाजमा देखिएका बिकृतिहरुलाई शब्दहरुमा उन्दै देवलको रुप धारण गरेको बताए। उनले देवलका धरहराहरु शब्दमा गासिएर त्यी समाज अनि देशकै बिम्ब बनेको बताए उनले त्यी देवलका  शब्दहरुले  कवि सुर्य चापागाई बनाएको बताउदै त्यही देवल सुर्य चापागाई हुन् र उनको अर्को अनुहार चित्र देवल भएको बताएका थिए। उनले कबिलाइ शुभकामना दिदै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

प्रमुख अतिथि प्रमुख अतिथि प्रगतिशिल लेखक संघका अध्यक्ष एबम नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिब प्राध्यापक डाक्टर जितेन्द्रदेब गिरि एबम  बिशेष अतिथिहरुले अभिलेख प्रकाशन बाट प्रकाशित कबि सुर्य चापागाईको पहिलो कृति देवल कविता संग्रह लोकार्पणगरेका थिए ।कार्यक्रममा डा. पुस्करराज भट्ट, र नन्दु उप्रेती लगायतले  उक्त कृतिको समिक्षा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि अतिथि  प्रगतिशिल लेखक संघका अध्यक्ष एबम नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिब प्राध्यापक डाक्टर जितेन्द्रदेब गिरि लगायत बिशेष अतिथिहरुले लेखकलाइ शुभकामना दिएका थिए ।

कार्यक्रम मा लेखक सुर्य चापागाईले किताब छपाउनको लागि भनेर शब्द जम्मा गरेको नभई आफ्नो पिताका जाबिमा नियाल्दा कान्छाले कबिता सुनाएर कापी उपहार पाएको पिताकै हस्ताक्षरमा  भनेर लेखिएको आफुले  पाएको बताए ।उनले त्यो आफैले गढीगाउ स्कुलमा कविता सुनाएर पुरस्कृत भएको कविताको प्रसङ्ग रहेको र सोहो फुलबारी शिर्षकमा पहिलो कविता नै सो संग्रहको बिज बिन्दु भएको बताए।  लेख्दै सुनाउदै जाँदा कतै तालि कतै स्याबासीका हौसला  मिल्दै गए र प्रेरणा तिनै भएको बताए उनले शब्दहरुलाई विचार संग मिसाएर जम्मा पर्दै जाँदा यस्तै रुपमा बुनिएको बताए।

उनले कति लेख्दा लेख्दै च्यातिए कति त हराए  पनि भन्दै आफुले के लेख्नु आफै संग मात्र राख्ने भए  भनेर सोचेको पनि बताए ।उनले छपाएर सार्वजनिक नगर्ने हो भने लेख्नुको औचित्य के भनेर जम्मा पर्दै जाँदा कति टुक्रा कबिता जस्ता बने होला त कति शब्दका ढिस्कुरा जस्ता छुट्याउने जिम्मा बिज्ञ पाठक बर्गलाई छोडेको बताए। उनले उक्त कृतिलाइ कबिता संग्रहको रुपमा प्रकाशित गर्ने सबैलाई धन्यवाद दिदै एकपटक पढेर सल्लाह सुझाब दिन पनि अनुरोध गरेका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै अभिलेख प्रकाशनका  अध्यक्ष  एबम साहित्यकार अच्युत घिमिरेले उपस्थित सबैलाई धन्यबाद दिदै कबिता संग्रहको माध्यम बाट बर्तमानका शिर्षकमा  रहेका  बिषय,धर्म, राजनीति सबैलाई छुन भ्याएको बताए । उनले कतै क्रान्ति को बिरोध गर्दै शान्ति को उदघोष, सिमानाका सुरक्षा गर्नुपर्ने, सहीद को मूल्य भूकम्पको त्रासद, अनेक बिषयका माध्यम बाट उनि कवी जस्तै  भएर कविता भित्र पोखिएका बताए । उनले सुन्दर कविता कृतिलाई अभ्लेख प्रकाशनको पाँचौ पुष्पका रुपमा प्रकाशन गर्ने अवसर प्रदान गरेकोमा कबि सुर्य चापागाई प्रति आभार प्रकट गर्दै शुभकामना ब्यक्त गरेका थिए ।