याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना र सेवारो टिभीको प्रायोजनमा बिश्वब्यापी अनलाईन याक्थुङ हाक्पारे साम्लो प्रतियोगिता गर्ने भएको छ । यहि आउदो २०७७ असार १५ गतेदेखि विश्वव्यापी अनलाईन हाक्पारे प्रतियोगितामा सहभागी हुनको लागि आव्हान गरेको छ। प्रतियोगिताको लागि कम्तिमा ५ मिनट बढिमा १० मिनटको गाएर भिडियो खिचेर पठाउनु पर्ने, लिम्बू तथा गैरलिम्बु जातिले पनि भाग लिन पाईने तर बिशुद्व लिम्बू भाषामा हुनुपर्ने, हरेक प्रतिस्पर्धीको मुल्यांकन समयावधि पोष्ट भएको ३० दिन अर्थात् १ महिनाको रहने र लाईक कमेन्ट र भ्युजको ४०% र निर्णायकको ६०% को आधारले बिजेता घोषणा गरिने नियम राखिएको छ । बिश्वब्यापी अन्लाईन हाक्पारे प्रतियोगिता हुने भएकोले सम्पुर्ण कलाप्रेमी ज्युहरुलाई प्रतियोगितामा सहभागी भई अभियानलाई सफल बनाई दिन विनम्र अनुरोध समेत याक्थुङ हाक्पारे साम्लो सजुमले गरेको छ।

हाक्पारे प्रतियोगिताका नियमहरू –

१.हाक्परे कम्तिमा ५ मिनट बढिमा १० मिनटको हुनुपर्ने छ।
२.हाक्पारे लिम्बू तथा गैरलिम्बु जातिले पनि भाग लिन पाईने छ।
३.भिडियो मोबाईल तथा अन्य क्यामराले खिचेको स्विकार हुनेछ।
४.प्रतियोगीता यहि मिति २०७७/०३/१५ गते बाट २०७७/०६/१५ तदअनुसार 29/06/2020 देखि 01/10/2020 सम्म रहनेछ
५. प्रतियोगिता सुरु भएको मिति देखि ६० दिन अर्थात् २ महिना सम्म भिडियो पोष्ट गरिनेछ
६.हरेक प्रतिस्पर्धी को मुल्यांकन समयावधि पोष्ट भएको ३० दिन अर्थात् १ महिनाको रहनेछ १ महिना पश्चात आएका टिप्पणी तथा प्रतिक्रिया मान्य हुने छैन
७.अरुले गाएको हाक्पारे हुबहु गाईएको प्रतियोगीतामा सामेल गराईन्न।आफैले लेखेर वा अरुले रचना गरेको गाउन सकिने छ।
८.जति पनि प्राप्त हाक्पारेको भिडियो सेवारो टिभी (Sewaro Tv)युट्युब च्यानल मार्फत अपलोड गरिनेछ तथा Sewaro TV पेजमा राखिने छ।९.भ्युज र लाईक सब भन्दा बढी हुनेलाई पनि विशेष पुरस्कार दिईनेछ।
१०.चर्चित गायक गायिका जसले प्लेटफर्म पाएका छन् वहाँहरु सहभागी हुन पाउने छैन
११.हाक्पारे गायकको नाम थर ठेगाना ईमेल र सम्पर्क नम्बर भिडियो संगै पठाउनु पर्ने छ।
१२.हाक्पारे रेकर्ड गर्दा बिना म्युजिक रेकर्ड गर्नुहोला अन्यथा प्रतियोगिता समावेश गराइने छैन
१३.अन्य ठाउँ प्रयोग गरि सकिएको भिडियो प्रतियोगितामा सामेल गरिन्न,सहभागिता भने जनाउन सकिने छ।
१४.प्रतियोगिताको लागि पठाईएको सामग्री अन्य ठाउँ प्रकाशन गर्न पाईने छैन।
१५.हाक्पारे गाउने तर साधन नभए अरुले भिडियो बनाएर प्रतियोगीतामा सहभागी गराउन सक्ने

निर्णायक – १.लिम्बू हाक्पारे बिज्ञ ३ जना रहनु हुनेछ।
पुरस्कार –
१.प्रथम रु.२५,०००
२.दिस्रो रु.१७,०००
३.तेस्रो रु.१०,०००
बिजेतालाई बिश्वको जुनसुकै ठाउँमा रहनु भएपनी IME मार्फत पुरस्कार राशी र प्रमाण पत्र उपलब्ध गराईने छ।नोट – प्रतियोगिहरुको प्रतिभा कुनै कारणवस बिवादमा आएको खण्डमा निर्णायकमण्डल र आयोजक कमिटिको निर्णय नै अन्तिम मान्य हुनेछ ।
हाम्रो ठेगाना-
sewaro977@gmail.com र tankasubba@gmail.com साथै Whatsapp +85255330119, Viber +85255330119

यदि यो अभियानलाई माया गरेर प्रायोजन गर्न इच्छुक भएमा हामी स्वत स्विकार्ने छौँ ।(पुरस्कार स्पोन्सर स्वर्गीय आफ्नो आफन्तको सम्झनामा वा क्षेत्र ब्यक्तिको नाममा दिन सक्नुहुनेछ।)

उद्देश्य –
लिम्बू भाषा संस्कृती बचाउ उत्थान र बिकासको निम्ति गरिएको हो।

याक्थुङ हाक्पारे साम्लो सजुमको आधिकारिक लोगो यस्तो छ