लिम्बू भाषा, संस्कृति बचाउ, उत्थान र विकासको उद्देश्य लिएर विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता यहि २०७७ असार १५ गते देखि सुरु हुने भएको छ। हाक्पारे प्रतियोगिताको आयोजक समितिको उपसंयोजक मन्जुश्री बताउनु हुन्छ, “यस प्रतियोगितामा जुन सुकै समुदायहरुले भाग लिन सक्नु हुनेछ तर प्रतियोगीहरुले ५ देखि १० मिनेटसम्मको भिडियो, विशुद्ध लिम्बु भाषामा हुनु पर्ने नियम छ, यो प्रतियोगिता करिब ३ महिनासम्म चल्ने। अरु थप नियमहरु बारेमा बुझ्नु लागि यहा प्रकाशित पोष्टर र अघिल्लो पोस्टहरुमा हेर्न सक्नु हुने। अथवा संरक्षक टंक सम्बाहाङफे, संयोजक इक्साहाङ चेम्जोङ र उपसंयोजक मन्जु इवारमसँग सम्पर्क गरेर बुझ्न सकिने छ।

विश्वव्यापी रुपमा अनलाइनको माध्यमद्वारा आयोजना गरिने यस प्रतियोगितामा ईच्छुक कोहि कसैले, कसैको स्मृतिमा आर्थिक सहयोग वा तोकिएको प्रथम, द्वितीय, तृतीय पुरस्कार प्रदान गर्नु चहानु हुन्छभने भाइबर, वाट्सएप नम्बर +85255330119 मा सम्पर्क गरेर उक्त पुरस्कार प्रदान गर्नु सक्नु हुनेछ भन्दै यस प्रतियोगिताको संरक्षक टंक सम्बाहाम्फेले जानकारी दिनु भएको छ।

यस विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता सफल बनाउनको निमित्त कम्मर कसेर देश विदेशमा बसि आ-आफ्नो काम-कर्तव्य बाँडफाँड गर्ने क्रममा संरक्षकको जिम्मेवारी टंक सम्बाहाम्फेले लिनु भएको छ भने टंक सेलिङ, मधु केरुङ, सागर केरुङ, अमित याक्थुम्बा, गणेश केरुङ र संगम सुहाङले संरक्षक सदस्य रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा येहाङ लावती, भगत सुब्बा, धमेन्द्र नेम्वाङ, अमर तुम्बाहाङ, हाङयुग अज्ञात, रुपलाल खाम्धाक, अर्जुन माबोहाङ, श्री जबेगु, लेछामी शेर्मा र गोविन्द तुम्बाहाङ भुमिका निर्वाह गर्नु भएको छ ।

साथै यस हाक्पारे प्रतियोगितालाई मर्यादित ढङ्गले प्रस्तुत गर्न याक्थुङ हाक्पारे साम्लो सजुम नामक एक कार्य समिती समेत बनेको । जुन कार्य समितिको संयोजकमा इक्साहाङ चेम्जोङ, सहसंयोजकमा मन्जु इवारम र सदस्यहरुमा पुष्पहाङ लोवा, सुमन सहयात्री योङहाङ, बसन्ती लिम्बु, रोहित आङ्बो, विशाल साँवा, इन्दिरा नेम्बाङ, याक्थुङबा सुनिल आङ्वो, मोहन सेर्मा, सुजन सेरेङ, लक्ष्मीहाङ चेम्जोङ, सुमी लाबुङ, शनि लिम्बू र निरन्तरता नेम्वाङ रहनु भएको छ। त्यस्तै यासेली योङहाङ र झुमा लिम्बुले निर्णायकको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।

यस याक्थुङ हाक्पारे साम्लो प्रतियोगितालाई विश्वव्यापी रुपमा समाचार सम्प्रेषण गर्ने काम (मिडिया पार्टनर) को जिम्मा झापा बुलेटिन, नया समय डटकम सजिलो न्युज र साइनो खबर अनलाइन न्यूज पोर्टलहरुले लिएको छ ।